Websoft University

www.radiomakalu.com || 021-522512


हिमालयन डिस्टिलरीले ल्यायो प्रिमियम ह्विस्की रोयल टिजर,स्कटिस जौ र ग्रेन स्पिरीटको मिश्रण

वीरगन्ज , असोज २१ गते  । हिमालयन डिस्टिलरी लिमिटेडले रोयल स्ट्याग रिप्लेस गर्दै ‘रोयल ट्रिजर’ ह्विस्की बजारमा ल्याएको छ । बहुराष्ट्रिय कम्पनी सिग्राम्सको उत्पादन‘रोयल स्ट्याग रोयल्टी घटेपछि नेपालबाट वाहिरिएको थियो।गत जेठ १४गतेदेखि नेपालमा रोयल स्टेगको उत्पादन बन्द भएको थियो।

सरकारले विदेशी रक्सी उत्पादनमा पाउँदै आएको रोयल्टी घटाएर २५ प्रतिशतबाट ६ प्रतिशतमा झारेको थियो। हिमालयनले बजारमा ल्याएको रोयल ट्रिजर २५ यूपीको ह्विस्की हो।

रोयल ट्रेजर ‘बहुमुल्य स्कटिस जौ र नेपालमै उत्कृट रुपले छनौट गरिएको ‘ग्रेन स्पिरीट’ को अद्धितीय मिश्रण’ भएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार रोयल ट्रिजर ७ सय ५०,३ सय ५० र १ सय ८० मिलिलिटरको बोतलमा बजारमा ल्याएको जनाएको छ।कम्पनीले ७ सय ५० मिलिलिटरको १२ सय रुपैयाँ, ३ सय ५० मिलिलिटरको ६ सय रुपैयाँ र १ सय ८० मिलिलिटरको ३ सय रुपैयाँ तोकेको छ।


हिमालयनले यसअघि प्रिमियम ह्वीस्कीका दुई ब्राण्ड सिग्राम्स् रोयल स्ट्याग र सिग्राम्स् ब्लेण्डर्स प्राइडको उत्पादन र बिक्री वितरण समेत गरिसकेको छ । न्यून मुल्यवर्गमा परिचित ह्वीस्की ‘गोल्डेन ओक’ र हिमालयन अयलाः (परम्परागत नेवारी मदिरा) यो कम्पनीले उत्पादन गरेको हो।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget