Websoft University

www.radiomakalu.com || 021-522512


अनुदान वितरण सम्झौता आजदेखि

sanghiy mamila tatha sthaniy mantralayको लागि तस्बिर परिणाम

काठमाडौँ, कात्तिक ९ गते । काठमाडौँ उपत्यकाका भूकम्प पीडितलाई अनुदान रकम वितरणका लागि मङ्गलबार सम्झौता सुरु हुने भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना इकाई कार्यालयले उपत्यकाका तीनै जिल्लामा रहेका आयोजना कार्यान्वयन इकाई कार्यालयमा सम्झौता सुरु गर्न आवश्यक सम्पूर्ण सामग्री पठाइसकेको जनाएको छ ।
केन्द्रीय आयोजना कार्यान्वयन ईकाइका प्रमुख गणेशराज वस्तीका अनुसार उपत्यकाका तीन जिल्लामा गरी ९० हजार ८८८ लाभग्राही पहिचान भएका छन् । तीमध्ये काठमाडौँमा करिब ४२ हजार, ललितपुरमा ३२ हजार र भक्तपुरमा २४ हजार लाभग्राही छन् । लाभग्राहीको सूची प्रकाशनका लागि सम्बन्धित जिल्लामा सूची पठाइसकिएको वस्तीले बताउनुभयो । उहाँले भन्नुभयो, मङ्गलबार तीन जिल्लामा अनुदान सम्झौताको कार्य थालिनेछ ।
त्यसैगरी भूकम्पका कारण प्रभावित बाँकी १७ जिल्लामा सर्भेक्षण कार्यका लागि केन्द्रीय तथ्याङ्क विभागले पोखरामा ११ गतेदेखि जिल्ला स्रोत व्यक्तिलाई दुईदिने तालिम सुरु गर्ने तयारी गरेको विभागका उपमहानिर्देशक डा. रुद्र सुवालले जानकारी दिनुभयो ।
तालिम लिएर स्रोत व्यक्ति जिल्लामा खटिएपछि अन्य सर्भेयरलाई तालिम दिएर पठाउने तयारी विभागले गरेको उहाँले बताउनुभयो । १७ जिल्लामा पनि पीडितको नाम सङ्कलन भइसकेकाले काठमाडौँ उपत्यकामा जस्तै लगत संपरीक्षणको कार्य गरिने उहाँले बताउनुभयो ।
भूकम्पका कारण अति प्रभावित ललितपुरका केही स्थानसहित १२ जिल्लामा भने मङ्गलबारसम्म ४ लाख ६५ हजार ९४९ भूकम्पपीडितसँग अनुदान सम्झौता भइसकेको केन्द्रीय आयोजना इकाईले जानकारी दिएको छ । त्यसमध्ये चार लाख २३ हजार ६९१ पीडितको खातामा अनुदान रकमको पहिलो किस्ताको ५० हजार जम्मा भइसकेको जानकारी दिएको छ । ती जिल्लामा पाँच लाख ३३ हजार १८३ लाभग्राही छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget