Websoft University

www.radiomakalu.com || 021-522512


सबैभन्दा बढी सेयर मूल्य युनिलिभर नेपालको

काठमाडौं , कार्तिक ९ गते । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृतमध्ये सबैभन्दा बढी सेयर मूल्य उत्पादनमूलक क्षेत्रको कम्पनीको छ ।
बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ३० हजार ८७० रुपैयाँ छ । यो नै सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी हो । कम्पनीको सेयर भाउ प्रतिकित्ता ३५ हजार रुपैयाँसम्म पुगको थियो । पछिल्लो समयमा भने केही घट्दै गएको छ ।
यस्तै दोस्रोमा सरकारको समेत स्वामित्व रहेको राष्ट्रिय बिमा कम्पनी लिमिटेड छ । निर्जीवन बिमा कारोबार गर्न राष्ट्रिय बिमा संस्थानबाट छुटयइएको कम्पनीको सेयर मूल्यमा युनिलिभरपछि दोस्रो बढी छ । राष्ट्रिय बिमाको भन्दा युनिलिभरको सेयर मूल्य झण्डै १७ हजार रुपैयाँ बढी छ । राष्ट्रिय बिमाको सेयर मूल्य प्रतिकित्ता १४ हजार २५० रुपैयाँ छ । यसपछि बोटलर्स नेपाल तराई लिमिटेडको छ । बोटलर्सको सेयर मूल्य प्रतिकित्ता ५ हजार ९६ रुपैयाँ छ । सरकारको स्वामित्व समेत रहेको नागरिक लगानी कोषको सेयर मूल्य ४ हजार ६०५ रुपैयाँ छ ।
नेप्सेमा बैंक तथा वित्तीय क्षेत्रको वर्चश्व भए पनि सेयर मूल्य भने कम रहेको छ । पछिल्लो समय केही उत्पादनमूलकबाहेक लघुवित्त संस्था र बिमा कम्पनीको सेयर मूल्य उच्च छ । अधिकाँश लघुवित्त संस्था र बिमा कम्पनीको सेयर मूल्य बैंक तथा वित्तीय संस्था र जलविद्युतको भन्दा बढी छ । अधिकांश बैंकको सेयर मूल्य १ हजार रुपैयाँभन्दा तल छ । एभरेष्ट बैंकको मात्र सेयर मूल्य उच्च रहेको नेप्सेले जनाएको छ ।
यस्तै उच्च सेयर मूल्य भएका अन्य संस्थामा नागवेली लघुवित्त विकास बैंकको प्रतिकित्ता ४ हजार ४ सय, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ हजार २३५, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ४ हजार २ सय, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ हजार २० रुपैयाँ छ । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ३ हजार ९१६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ हजार २७०, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३ हजार ५१५ रुपैयाँ छ । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ३ हजार ३२८, एभरेष्ट बैंकको ३ हजार ६०१, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको ३ हजार ३४१ रुपैयाँ छ । नेप्सेमा २३१ कम्पनी सूचीकृत छन् ।


नेप्सेका अनुसार सबैभन्दा बढी मूल्यवान कम्पनीमा नबिल बैक, नेपाल टेलिकम, स्ट्याण्डर्ड चाटर्ड बैंक र एभरेष्ट बैंक छन् । सेयर मूल्य युनिलिभर र राष्ट्रिय विमा कम्पनी र नागरिक लगानी कोषको भएपनि बजार कुल मूल्यका हिसावले पछि छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget