Websoft University

www.radiomakalu.com || 021-522512


नयाँ शक्ति भन्छ–फेसबुक स्टाटसका आधारमा कारबाही गरेका हौं, मुमाराम भन्छन्– नेता यौनकाण्डमा संलग्न र तस्कर भए


काठमाडौं , असोज २२ गते । बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले मुमाराम खनाललाई फेसबुकमा स्टाटस लेखेको कारण पार्टीबाट हटाइएको जनाएको छ । खनालले पार्टीविरुद्ध फेसबुकमा स्टाट्स लेखेको र उनलाई त्यसविषयमा स्पष्टीकरण सोध्दा स्पष्टीकरण पनि नदिएको भन्दै उनलाई कारबाही नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले बताएका छन् । बाह्रखरीसँग कुरा गर्दै देवकोटाले भने, “उहाँले फेसबुकमा आफैँ नेता रहेको पार्टीविपरीत स्टाटस लेख्नुभयो । स्पष्टीकरण सोध्दासमेत उहाँले ज्वरो आएको छ भन्दै टार्नु भयो । पटकपटक सोध्दासमेत स्पष्टीकरण नदिएपछि कारबाही गरिएको हो ।”
पार्टीको अनुशासन आयोगले स्टाटस लेख्नु अघि पनि उनलाई फरक विषयमा स्पष्टीकरण सोधेको देवकोटाले बताएका छन् । “मुमारामजी पार्टीमा राजनीतिक संवाद समितिको संयोजक हुनुहुन्थ्यो । समितिको काम विभिन्न पार्टीका व्यक्तिहरुसँग छलफल गरी उनीहरुलाई नयाँ शक्तिमा ल्याउनु थियो । तर उहाँले नयाँ शक्तिमा आउन चाहने व्यक्तिहरुलाई पनि अहिले नआउनु, नयाँ शक्ति बन्दैन भनेर भड्काउनु हुँदोरहेछ ।” देवकोटाले भने, “मुमारामले बाबुरामजीको अनुहार देखाएर आफै नयाँ शक्ति खोल्नुपर्छ भनेर पार्टीमा गुटबन्दी सिर्जना गर्न थालेपछि पनि उहाँलाई कारबाही गरिएको हो ।”
यता नयाँ शक्तिबाट अलग्गिएको घोषणा गरेका मुमाराम खनालले भने नयाँ शक्ति माओवादीको गुट बन्ने निश्चित भएपछि आफूले सो पार्टी छाडेको बताएका छन् । बाह्रखरीसँग कुरा गर्दै उनले भने, “नयाँ शक्ति नयाँ वैकल्पिक धार होला भनेर लागेँ तर त्यो त माओवादीको गुट रहेछ ।”
यसैगरी उनले पार्टीले विभिन्न राजनीतिक संयन्त्रहरु बनाउने भने पनि पार्टी नेतृत्वको ध्यान त्यतातिर नगएको बताए । खनालले पार्टीका माथिल्लो स्तरका नेताहरु यौनकाण्डमा संलग्न तथा केही तस्करसम्म रहेको आरोप पनि लगाए । ती व्यक्तिहरुेको नाम उल्लेख नगरी उनले भने, “केही माथिल्लो स्तरका नेताहरु यौनकाण्डमा संलग्न छन् । केही तस्कर छन् । उनीहरुको अहिले यो बारेमा पार्टीमा कुरा उठ्यो । लोकपाल आयोग बनाउने भनियो तर केही बनाइएन ।” खनालले आफू अब कुनै पार्टी नजाने तर देशमा एउटा नयाँ वैकल्पिक धारको शक्तिको आवश्यकता रहेको औंल्याएका छन् । - सन्तोष दाहाल , बाह्रखरीबाट




  • Post a Comment

    MKRdezign

    {facebook#http://fb.com/www.bhawesh.com.np}

    Contact Form

    Name

    Email *

    Message *

    Powered by Blogger.
    Javascript DisablePlease Enable Javascript To See All Widget