घटस्थापनायता ८५ चालकलाई कारबाही र १६ जनालाई ठगीविरुद्ध मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।
बढी भाडा लिइएको पाइएपछि समयमा ७ सय भन्दा बढी यात्रुको भाडा फिर्ता गराइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंह थापाले बताए ।
“तोकिएको भन्दा बढी भाडा लिने चालक र सञ्चालकलाई हामीले कारबाही थालेका छौं,”थापाले बाह्रखरीसँग भने,“घटस्थापनायता मात्र ८५ बसले बदमासी गरे । उनीहरुले ७ सय भन्दा बढी यात्रुबाट १ सय देखि ४ सय सम्म तोकिएको भन्दा बढी भाडा उठाएको भेटिएपछि हामीले कारबाही प्रक्रिया अघि बढाएका हौं ।”
Post a Comment