Websoft University

www.radiomakalu.com || 021-522512


संविधान संशोधन र कार्यान्वयनप्रति सरकार प्रतिबद्ध छः मन्त्री लेखक



गाईघाट (उदयपुर), कात्तिक १० गते । भौतिक पूर्वाधार र यातायात मन्त्री रमेश लेखकले संविधान संशोधन र कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन उदयपुरले आज गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “मधेसी तथा जनजातीको जायज माग पूरा गर्नका लागि सरकारले संविधान संशोधन गर्ने गृहकार्यमा लागेको र अब केही हप्तामा नै यो कार्य पूरा हुने छ ।”

मन्त्री लेखकले सरकारको मुख्य प्राथमिकता भनेको नै संविधान संशोधन गरी यसलाई सर्वस्वीकार्य बनाउने बताउँदै संविधान कार्यन्वयनका लागि तिन तहको निर्वाचन गराउनेतर्फ सरकार पूर्ण प्रतिवद्धताका साथ कार्य गरिरहेको छ भन्नुभयो ।

संविधान संशोधनका लागि प्रमुख तिन दल र साना दल समेतको सहभागितामा पटक÷पटक छलफल भएको र सबैको सहमतिमा नै यो कार्य पूरा हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाभियोगका विषयमा काँग्रेसले आश्यक प्रक्रिया पु¥याएर मात्र निर्णय गर्ने बताउँदै यो प्रकरणमा दल भन्दा पनि जनमत र संसद्मा सांसदको बहुमत धारणा बुझेर मात्र काँग्रेस छिट्टै निर्णयमा पुग्ने विचार व्यक्त गर्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget