Websoft University

www.radiomakalu.com || 021-522512


श्रमजीवी पत्रकार ऐन व्यवहारमा लागू गर्न चुनौतीपूर्ण : अध्यक्ष केसी

श्रमजीवी पत्रकार ऐन व्यवहारमा लागू गर्न चुनौतीपूर्ण : अध्यक्ष केसीको लागि तस्बिर परिणाम



कञ्चनपुर, कात्तिक ७ गते । श्रमजीवी पत्रकारसम्बन्धी ऐन कार्यान्वयनको चरणमा पुगे पनि व्यवहारमा लागू गर्न चुनौतीपूर्ण रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले बताउनुभएको छ । शनिबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे आयोजित अन्तरक्रिया कार्यक्रममा पत्रकारिता क्षेत्र चुनौतीपूर्ण रहेकाले पत्रकारले व्यावसायिक र दक्ष बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सामाजिक र राजनीतिक अधिकार स्थापित गर्न सञ्चारजगत्को ठूलो योगदान रहेको चर्चा गर्नुहँुदै उहाँले पत्रकारको पेसागत मुद्दा अझैसम्म हल हुन नसकेको धारणा व्यक्त गर्नुभयो । समानुपातिक विज्ञापन प्रणाली लागू गर्नमा जोड दिइएको बताउदै उहाँले मोफसलका सञ्चारमाध्यमले विज्ञापन पाउनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष खेम भण्डारीले श्रमजीवी पत्रकारको पारिश्रमिक निर्धारणको कार्य ऐनमा वैज्ञानिक तरिकाले गरिएको बताउनुभयो । बजारमा दक्ष पत्रकारको ठूलो माग गरेको उल्लेख गर्नुहँुदै उहाँले दक्ष पत्रकार भए मात्रै माग अनुसारको तलब पाइने धारणा राख्नु भयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष तथा राष्ट्रिय समाचार समिति सञ्चालक समितिका सदस्य गङ्गाधर पराजुलीले श्रमजीवी पत्रकारका देशभर एउटै खाले समस्या रहेकाले पेसालाई मर्यादित र व्यावसायिक बनाउनका लागि दक्षता हासिल हुनुपर्ने बताउनुभयो । उहाँले बजारमा क्षमतावान् मात्रै बिक्न सक्ने भएकाले पत्रकारको सबै क्षेत्रमा दखल हुनुपर्ने विचार राख्नु भयो ।

नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आर्चायले पत्रकारले न्यूनतम पारिश्रमिक पाउनुपर्नेमा जोड दिनु भयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष कर्णदेव भट्टले स्थानीय र राष्ट्रिय मिडियालाई एउटै तराजुमा राखेर जोख्नु नहुने बताउनुभयो । कार्यक्रममा सहभागी पत्रकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष केसीसमक्ष आफ्ना गुनासो र समस्या राखेका थिए । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget