Websoft University

www.radiomakalu.com || 021-522512


‘मुन गेट’ भत्केपछि ग्रेटवाल संरक्षण विवादमा


काठमाडौं , असोज २२ गते  । चीनको गुआङगुको ग्रेटवालको ‘मुन गेट’ हावाहुरीले भत्काएको जानकारी उत्तरपश्चिमको सान्सी प्रान्तका अधिकारीले दिएका छन् । सिन्ह्वाका अनुसार उनीहरूले स्थानीय इँटा प्रयोग गरिएका कारण ऐतिहासिक सम्पदा भत्केको हल्लाको उनीहरूले खण्डन गरेका छन् ।
यस घटनाले एकपटक फेरि ग्रेट वालको पुनःनिर्माण कार्यसम्बन्धी विषय विवादमा परेको पनि सिन्ह्वाले जनाएको छ ।
केही दिन पहिले मूल ग्रेटवालको एउटा ७८० मिटर लामो खण्डमा सिमेन्ट लगाइएको विषय विवादमा आएको थियो । धेरैले मर्मत कार्य नराम्रो भएको र त्यसले ग्रेट वालको सौन्दर्य बिगारेको भन्दै क्षोभ प्रकट गरेका थिए । ग्रेट वालको यस खण्डको निर्माण मिङ वंशको शासनकाल (१३६८-१६४४) मा भएको थियो ।
सन् २००६ मा ग्रेट वाल संरक्षणका लागि कानुन बनाइएको भए पनि त्यस यताका १० वर्षमा भएका मर्मतका काम सन्तोषजनक र स्तरीय हुन नसकेको गुनासो सरोकारवालाले गरेका छन् । विशेषगरी सामान्यतः पर्यटक नपुग्ने खण्डमा मर्मत कार्य  स्तरीय हुनसकेका छैनन् ।
विस्तृत कार्यविधि तथा पुनःनिर्माण मापदण्डका अभावमा यस्ता हेलचेक्र्याइँ हुने गरेको सम्बन्धित अधिकारीले बताए । उनका अनुसार ग्रेट वालको संरक्षणका लागि प्रतिष्ठान बनाउनुपर्छ ।

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget