Websoft University

www.radiomakalu.com || 021-522512


रायको चेतावनी- ‘हामी हारेका छैनौं,


काठमाडौँ, असोज २६ गते । मधेसी मोर्चाका नेता राम नरेश रायले संविधान संशोधन नगराइकन सेनाको आडमा जबरजस्ती चुनाव गराइए आफूहरुले त्यसलाई कुनै हालतमा सफल हुन नदिने चेतावनी दिएका छन्। रायले भने, ‘संविधान संशोधन वा पूर्नलेखन नभएसम्म हामी कुनै पनि चुनाव हुन दिँदैनौं, यदि ज्ञानेन्द्र शैलीमा ठूला पार्टीहरुले सेनाको बलमा चुनाव गराउने चेष्टा गरे हामी त्यसलाई कुनै हालतमा सफल हुन दिन्नौं।’

रायको चेतावनी-  ‘हामी हारेका छैनौं, थाकेका पनि छैनौं, यसलाई कमजोरी नठानियोस्’


उनले जबरजस्ती चुनाव गराए मुलुक दुर्घट्नातर्फ जाने खतरा औंल्याए। उनले संविधानमा भएका विभेदहरुलाई हटाउन र मधेसी, जनजाति, थारु, आदिवासी, मुस्लिम, महिला लगायत अल्पसंख्यकहरको अधिकार सुनिश्चित गर्न आफूहरु छ महिनासम्म संघर्ष गरेको स्मरण गर्दै भने, ‘हामीले मुलुक विखण्डन गर्नको लागि संविधान संशोधनको माग गरेको भनेर झूठो प्रचार भैरहेको छ, हामी त अधिकारको लडाईँ लडिरहेका छौं।’

उनले कांग्रेस, एमाले र माओवादी तीन ठूला दलले संख्याको बलमा पेलेर जबरजस्ती संविधान जारी गरेकाले आफूहरु बाध्यताले सडक संघर्षमा होमिनुपरेको बताए। ‘सरकारले छठसम्म पनि संविधान संशोधन प्रस्ताव अघि बढाएन भने हामी सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं, अहिलेसम्म पनि आशा गरिरहेका छौं,’ उनले भने।

उनले भने, ‘हामी हारेका छैनौं, थाकेका पनि छैनौं, यसलाई कमजोरी नठानियोस्।’

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget