Websoft University

www.radiomakalu.com || 021-522512


रुस र अमेरिकाबीचको तनाव उत्कर्षमा

मस्को. असोज २७ गते ।  मस्को–सिरियाको विषयलाई लिएर रुस र अमेरिकाबीचको तनाव उत्कर्षमा पुगेको छ। सिरियाको विषयलाई लिएर दुई देशबीच बढ्दै गएको तनाव विश्वयुद्धमा परिणत हुनसक्ने विश्लेषण गर्न थालिएको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार रुसले युद्धकालागि तयारी तीव्र पारेको छ। रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले रुसका उच्च अधिकारी, राजनीतिक दलका नेता तथा परिवारका सदस्यलाई घर फर्किन आग्रह गरेको संचारमाध्यमले उल्लेख गरेका छन्। 

रुस र अमेरिकाबीचको तनाव उत्कर्षमा


 ‘विदेशमा रहेका उच्च अधिकारी, राजनीतिक दल नेता तथा अन्य सर्वसाधारण परिवारका सदस्यसहित घर फर्किन आग्रह गर्छु,’ पुटिनको भनाइ उद्धृत गर्दै संचारमाध्यमले उल्लेख गरेका छन्। अन्तर्राष्ट्रिय संचारमाध्यमले पुटिनको सो आदेशलाई तेस्रो विश्वयुद्धको तयारीका रुपमा हेरेका छन्।
रुसले गत बुधबार अन्तर महाद्विपीय ब्यालेस्टिक मिसाइलको परीक्षणसमेत गरेको थियो। संचारमाध्यमहरुका अनुसार रुसी सेनाले  एक रकेट प्रक्षेपणसमेत गरेको छ। रुसी संचारमाध्यमका अनुसार रुसको उत्तर पश्चिमस्थित एक घरेलु साइतबाट पनि मिसाइल परीक्षण गरेको छ। रुसले पोल्याण्ड र लिथुवानियाको सीमामा पनि नाभिकीय क्षमता भएको मिसाइल तैनाथ गरेको छ।  रुसको सो कदम अन्तर्राष्ट्रि सन्धि सम्झौता विपरित भएको बताइएको छ। तर सिरिया  संकटलाई लिएर यो पटक रुसले कुनै पनि सम्झौताको पालना नगर्ने संकेत गरेको छ।
रुसले केही समय अगाडि सिरिया संकटलाई लिएर अमेरिकासँग बढ्दो तनावकाबीच दुई लडाकु विमान भूमध्य सागरमा तैनाथ गर्ने बताएको थियो।  रुसले आफ्नो एस ३०० हवाई रक्षा मिसाइल प्रणाली सिरियाको टारटरस्थित नौसैनिक केन्द्रमा  पठाइसकको छ। अमेरिका समर्थित पश्चिमा मुलुकले सिरिया संकटलाई लिएर रुसको भूमिकाको आलोचना गर्दै आएका छन्। हालै रुसी राष्ट्रपति पुटिनले आफ्नो फ्रान्स भ्रमण रद्द गरेका थिए। फ्रान्सका राष्ट्रपतिले रुसमाथि सिरिया युद्ध अपराधमा सहभागी भएको आरोप लगाएका थिए। सोही आरोप प्रत्यारोपकाबीच पटिनले फ्रान्स भ्रमण स्थगित गरेको हुन सक्ने संचारमाध्यमले उल्लेख गरेका छन्।
रुसका पूर्व राष्ट्रपति मिखाइल गोर्बाचोवले पनि अमेरिका र रुसबीच बढ्दै गएको तनावप्रति चिन्ता व्यक्त गरेका छन्। उनले रुस र अमेरिकाबीच बढ्दो तनावले  विश्व खतनाक मोडमा पुगेको चेतावनी दिएको छन्। २०११ देखि सिरियामा गृहयुद्धको अवस्थालाई दिएर विश्वका दुई महाशक्ति मुलुक रुस र अमेरिकाबीच तनाव जारी छ। अमेरिकाले सिरियाली राष्ट्रपति विरुद्ध युद्ध गरिरहेका समूहलाई साथ दिएको छ भने रुसले राष्ट्रपतिलाई साथ दिएको छ। रुसले सिरियाली सहर एलेप्पोमा असद सरकारको समर्थनमा बरबारी गरिरहेको छ। गत महिना युद्ध विरामी सकिएपछि यो बमबारी लगातार जारी छ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget