Websoft University

www.radiomakalu.com || 021-522512


पत्रकारको सुरक्षाप्रति सरकार सचेत छ : उपप्रधानमन्त्री निधि


काठमाडौँ,असोज २३ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले पत्रकारको सुरक्षाप्रति सरकार सचेत रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनको प्रकाशन विभागद्वारा आज यहाँ आयोजित ‘युनियन पत्रिका’ त्रैमासिकको विमोचन कार्यक्रममा उहाँले पत्रकारको भौतिक सुरक्षाका लागि सरकार आवश्यक कदम चाल्न तयार रहेको बताउनुभयो । संविधानमा केही संशोधन गरेर संविधान कार्यान्वयनको अनुकूल वातावरण बनाउनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनका लागि संवैधानिक व्यवस्था अनुरुप स्थानीय, प्रादेशिक र सङ्घीय तहको निर्वाचन गराउन सरकार लागिपरेको छ ।

Image result for bimalendra nidhi



संविधान कार्यान्वयन सरकारको प्रमुख प्राथमिकतामा रहेको र यस कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरिदिन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारको भौतिक सुरक्षा प्रमुख चुनौतीका रुपमा रहेको र त्यसले समाचार लेखनमा स्वनियन्त्रित हुनुपर्ने अवस्था सिर्जना गरेको औँल्याउनुभयो ।

युनियनका अध्यक्ष बद्री सिग्देलले श्रमजीवी पत्रकारका मुद्दामा सबै सङ्घ सङ्गठन एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रकाशन विभागका संयोजक कल्पना शर्माले युनियनको इतिहास र जिल्ला समितिका गतिविधिबारे जानकारी गराउन त्रैमासिक पत्रिका प्रकाशन सुरु गरेको बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget