Websoft University

www.radiomakalu.com || 021-522512


प्रबुद्ध समूहको बैठकमा भाग लिन नेपाली टोली नयाँदिल्लीतिर

Enlightened-group-Nepal
प्रबुद्ध समूहको बैठकमा भाग लिन भारत प्रस्थान गर्नु अघि नेपाली टोली
काठमाडौं,असोज १७ गते । नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी)को बैठक मंगलबारदेखि नयाँदिल्लीमा शुरु हुँदैछ । बैठकमा सहभागी हुन नेपाली टोली सोमबार नयाँदिल्ली प्रस्थान गरेको छ ।

प्रबुद्ध टोलीमा नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा संयोजक तथा पूर्वमन्त्री निलाम्बर आचार्य, सांसद राजन भट्टराई र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय सदस्य छन् ।

भारतको तर्फबाट सांसद भगतसिंह कोसियारी, पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र महेन्द्र पी लामा छन् ।

ईपीजीको नयाँदिल्ली बैठकमा नेपालले १९५० मा भएको शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको प्रस्ताव राख्ने तयारी गरेको छ ।

१९५० को सन्धिबारे पटक-पटक कुरा उठेपनि कुनै निष्कर्षमा पुग्ने गरेको छैन । भारतीय पक्षले सन्धि पुनरावलोकनका लागि आफू तयार रहेको भन्दै नेपालले के संशोधन चाहेको प्रस्ताव ल्याउनु पर्ने बताउँदै आएको छ । तर, नेपालले प्रस्ताव राखेको छैन ।

यो पटक भने ईपीजी बैठकमा यसबारे प्रस्ताव लैनाने नेपाली टोलीको तयारी रहेको एक सदस्यले बताए । १९५० सन्धी लगायत सबै विषयमा अध्ययन गरी प्रतिवेदन दिन प्रबुद्ध समूह गठन गरिएको हो ।

र, गठन भएको झण्डै चार महिनापछि यसको पहिलो बैठक असार मध्यमा काठमाडौंमा बसेको थियो ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget