गैरपत्रकारलाई नेता बनाइँदा क्षमतावान पत्रकार छुटे
काठमाडौं,असोज १६ गते । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरको नेतृत्वमा पत्रकार भन्दा पार्टीका नेता र व्यावसायीहरुलाई टीका लगाइएको भन्दै सक्रिय पत्रकारहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रेस सेन्टरका अध्यक्ष नै पार्टीका पोलिटव्यूरो सदस्य महेश्वर दाहाल हुन् । दाहाल पुराना पत्रकार भए पनि पछिल्लो समय पार्टीको पूर्णकालिन नेतृत्वमा छन् । पार्टी बिभाजनको बेला वैद्य माओवादीको केन्द्रीय सदस्य रहेका दाहाल पार्टी एकीकरणपछि जम्बो केन्द्रीय कमिटीमा पोलिटव्यूरो सदस्य बनेका थिए । हाल पत्रकारको नेता बनेका उनी कुनै पनि मिडियामा संलग्न छैनन् ।
त्यस्तै उपाध्यक्ष बनाइएका गोविन्द आचार्य पनि पार्टीका पोलिटव्यूरो सदस्य हुन् । आचार्य प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार पनि हुन् । उनी पनि पछिल्लो समय सक्रिय पत्रकारितामा छैनन् । आचार्य प्रेस सेन्टरको अध्यक्षबाट घटेर बरिष्ठ उपाध्यक्ष बस्न तयार भएका छन् ।
त्यस्तै अध्यक्षका सशक्त दावेदार ओम शर्मालाई उपाध्यक्षमा बनाइएको छ । उनी रातोपाटी अनलाइनका प्रधान सम्पादक र सक्रिय पत्रकारितामा छन् । शर्मा पनि माओवादीका केन्द्रीय सदस्य रहिसकेका नेता हुन् ।
उनलाई प्रेस काउन्सिलको अध्यक्ष वा कुनै देशको राजदूत बनाउने आश्वासन दिएर उपाध्यक्ष थमाइएको माओवादी केन्द्र निकट स्रोतले जनाएको छ ।
उपाध्यक्ष बनाइएका अर्का नेता दीपक मैनाली माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । उनी माओवादी सम्बद्ध पत्रिकाहरुमा व्यवस्थापकीय जिम्मेवारीमा रहेर काम गरेका तर अहिले सक्रिय पत्रकारितामा नरहेका व्यक्ति हुन् ।
मसालबाट माओवादी बनेका कमल गिरीले पत्रकारिताकर्म छाडेको कम्तिमा एक दशक भइसकेको छ । उनी अमिक शेरचन र गिरिराजमणी पोखरेल स्वास्थ्यमन्त्री भएका बेला पिए बनेर सरुवा बढुवामा आर्थिक लेनदेनको आरोप लागेर बाहिरिएका व्यक्ति हुन् । पछिल्लो समय गिरीलाई पत्रकार भन्दा पनि बिचौलियाका रुपमा चिनिन्छन् ।
बलराम थापा पत्रकारिता भन्दा व्यापार व्यवसायमा रमाइरहेका नेता हुन्् । माओवादी केन्द्रीय सदस्य रहेका थापा पनि कुनै मिडियामा छैनन् ।
महासचिव बनाइएका विष्णु सापकोटाको जनयुद्धकालिन नाम जुगल हो । उनलाई विष्णु सापकोटा भन्दा पनि जुगलका नामले चिनिन्छ । जुगल पनि माओवादी केन्द्रीय सदस्य र थाहा सन्चार रेडियोमा केही शेयर सहित व्यवस्थापकीय जिम्मेवारीमा छन् । उनी पत्रकारभन्दा पनि पहिलेदेखि नै व्यवस्थापकका रुपमा परिचित छन् ।
सचिन रोका पत्रकारिता गरिरहेका व्यक्ति हुन् । उनले अध्यक्षमा दावी गरेका थिए । उपाध्यक्ष थमाउने बेला सचिनलाई पनि नेपाल टेलिभिजनको महाप्रबन्धक बनाउने आश्वासन दिइएको स्रोतले जनाएको छ ।
प्रेस सेन्टरका १६ जना सचिवमध्ये ओपेन्द्र शर्मा ऊर्जामन्त्री जनार्दन शर्माका भाइ हुन् । उनी पत्रकारिताकर्ममा संलग्न छैनन् । यसअघि नागरिक लगानी कोषमा राजनीतिक नियुक्ति पाएका शर्मा अहिले ऊर्जा मन्त्रालयमा सक्रिय छन् ।
अर्की सचिव लक्ष्मी पुन सक्रिय पत्रकारितामा रहँदै गर्दा माओवादीले समानुपातिक उम्मेदवार बनायो । तर सांसद नबनाएपछि उनी लामो समय तत्कालिन उपसभामुख ओनसरी घर्तीको स्वकीय सचिव भएर काम गरिन् । ओनसरी सभामुख हुने बेला उनलाई स्वकीय सचिवालयबाट हटाइयो ।
पछि लक्की शेर्पालाई राजदूत सिफारिस गरिएपछि फेसबुकमा उनले लेखेको ‘राजदूत हुन हट एण्ड सेक्सी हुनुपर्ने रहेछ’ भन्ने स्टाटस निकै चर्चित भयो । उनी आफैं एक म्यागेजिन प्रकाशन गरेर सक्रिय पत्रकारितामा छिन् ।
अर्का सचिव मनोज घर्तिमगर उपराष्ट्रपतिका प्रेस सल्लाहकार छन् भने कतिपय सचिवहरु पत्रकारितामा नामै नसुनिएका छन् । उनी यसअघि नयाँ पत्रिकामा काम गर्थे । लक्ष्मण खड्का र राजेश चाम्लिङ भने सक्रिय पत्रकारिता गरिरहेका सचिव हुन् ।
पार्टीले हस्तक्षेप गरेर पार्टी पोलिटव्यूरो र केन्द्रीय सदस्यहरुलाई पत्रकारको नेतृत्वमा ल्याइएको भन्दै महाधिवेशन प्रतिनिधिहरु आक्रोशित बनेका थिए
कोषाध्यक्ष बनाइएका सुरेशचन्द्र अधिकारी पत्रकार भन्दा पनि व्यवसायी हुन् । उनी विशेष गरी आफ्नो गाडीमा माओवादी पत्रकारका नेताहरुलाई घुमाउने र खानपिन तथा विदेश भ्रमणको बेला खर्चपर्च जुटाइदिएका कारण कोषाध्यक्षको जिम्मेवारी पाउन सफल भएको चर्चा प्रेस सेन्टरमा चलेको छ ।
प्रेस सेन्टरको नेतृत्वमा यसपटक नयाँ अनुहार र सक्रिय पत्रकार निर्वाचित गराउने भन्दै देशभरका प्रतिनिधिहरु भेला भएका थिए । तर पार्टीले हस्तक्षेप गरेर पार्टी पोलिटव्यूरो र केन्द्रीय सदस्यहरुलाई पत्रकारको नेतृत्वमा ल्याइएको भन्दै महाधिवेशन प्रतिनिधिहरु आक्रोशित बनेका थिए ।
पार्टीका होलटाइमर नेता र गैर पत्रकारहरुलाई पत्रकारको नेतृत्व सुम्पिएपछि कतिपय प्रतिनिधिले महाधिवेशन नै बहिस्कार गरेर हिँडे भने कतिपयले हलभित्रै होहल्ला गरेर बिरोध जनाए ।
प्रेस सेन्टरको नेतृत्वमा ल्याइएकाहरु अधिकांश माओवादीका केन्द्रीय सदस्य छन् । २४ सय सदस्यीय केन्द्रीय समिति बनाइएपछि उनीहरु केन्द्रीय सदस्य बनेका हुन् ।
मूलधारका मिडियामा काम गर्ने व्यावसायिक पत्रकारहरुलाई नेतृत्वमा आउन दिइएन । त्यस्तै पत्रकार महासंघको नेतृत्वमा रहेर काम गरेका र पत्रकारका रुपमा परिचितहरु पनि कमैमात्र नेतृत्वमा ल्याइएका छन् ।
पत्रकार महासंघका नेतृत्वमा रहेकालाई प्रेस सेन्टरका नेतृत्वमा नल्याउने भनिए पनि कतिपयको हकमा त्यो लागु भएन ।
को-को अटाएनन् ?
कनिष्ठहरु पर्दा कतिपय बरिष्ठ नेताहरु धेरै छुटेका छन् । चन्द्रमान श्रेष्ठलाई माओवादी पत्रकारहरुको जिउँदो सहिद पनि भनिन्छ । कृष्णसेन इच्छुकसँगै जेलमा परेका बेला कठोर यातना पाएका श्रेष्ठ प्रेस सेन्टरको कार्यसमितिबाट बाहिर परेका छन् ।
स्थापनकालकै महेश्वर दाहाल, गोविन्द आचार्य र ओम शर्मा लगायत दोहारिँदा उनीहरुका समकालीन खिलबहादुर भण्डारी भने परेनन् । हाल समावेशी नामक मासिक पत्रिका निकाल्दै आएका भण्डारी नेपाल पत्रकार महासंघको उपाध्यक्ष र प्रेस काउन्सीलको सदस्य समेत छन् ।
यसैगरी यसअघि कोषाध्यक्षको जिम्मेवारीमा रहिसकेका दीपक सापकोटा पनि अहिलेको प्रेस सेन्टरको कार्यसमितिमा छैनन् । माओवादी पत्रकारहरुमा क्षमतावान र कुशल पत्रकारिता गर्ने व्यक्तिहरुमा गनिने सापकोटका हाल नयाँपत्रिका दैनिकमा छन् ।
यसैगरी पत्रकार महासंघको महासचिव उजीर मगर, सचिव संगिता खड्का, केन्द्रीय सदस्य रोशन पुरी र पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे समेत कार्यसमितिमा परेका छैनन् ।
यसैगरी दिपेन्द्र रोकाया, सन्तोष पौडेल, अजयदीप शर्मा, राजु लामा, एनके दाहाल, भवानी ऐर, इश्वरी वाग्ले, बासुदेव शर्मा पनि प्रेस सेन्टरको कार्यसमितिमा अटाएनन् ।
त्यसो त मुलधारको मिडियामा रहेरै सक्रिय पत्रकारिता गरिरहेकाहरु दयानिधी भट्ट, रेवती सापकोटा, नेत्र पन्थी, रबिराज बराल, राजन पौडेल लगायत पनि छैनन् ।-अनलाइनखबर

Post a Comment