काठमाडौं, असोज २१ गते नेपाल टेलिकमले देशका सबै जिल्लामा जिएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत सेवा सञ्चालनमा आएपछि ७५ वटै जिल्लामा थ्रीजी सेवा पुगेको हो ।
थ्रीजी सेवा पुर्याउन बाँकी दुनैमा बुधबार र सिमिकोटमा बिहीबार सेवा सुरु गरेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिनुभयो । थ्रीजी सेवासँगै अब टेलिकमले ग्राहकले भ्वाइस सेवाको साथै उच्च गतिको डाटा डाउनलोड तथा अपलोड गर्न सकिने टेलिकमले जनाएको छ ।
सुरुमा काठमाडौंको चक्रपथ भित्रका सिमित ठाउँमा मात्र सञ्चालनमा रहेको थ्रीजी सेवा अहिले सबै जिल्लामा पुगेको हो । नेपाल टेलिकमले जीएसएम मोवाइलमा २०६४ जेठ ३ गतेदेखि थ्रीजी सेवा सुरु गरेको थियो ।
Post a Comment