Websoft University

www.radiomakalu.com || 021-522512


चीनले सैन्य सामग्री आधुनिकीकरणमा सहयोग गर्ने'


काठमाडौँ, असोज २७ गते । नेपाली सेनाको सैन्य सामग्री आधुनिकीकरण र विपद् व्यवस्थापनमा आवश्यक पर्ने सहयोगको प्रतिबद्धता चीनले गरेको हो ।



रक्षाा मन्त्री बालकृष्ण खाँडको चीन भ्रमणका क्रममा चिनियाँ सैनिक अधिकारीहरुले उक्त प्रतिबद्धता ब्यक्त गरेका हुन् । केन्द्रिय सैन्य आयोगका सदस्य समेत रहेका चीन सरकारका रक्षा मन्त्री चाङ वाङक्यु र नेपालका रक्षा मन्त्री खाँडबीच असोज २५ मा वेइजिङमा भएको भेट भएको थियो । ‘भेटमा नेपालको सैन्य सामाग्री र विपद् व्यवस्थापन क्षेत्रमा थप सहयोग गर्ने प्रतिबद्धता दिनु भएको छ,’ रक्षा मन्त्री खाँडले बिहीबार कान्तिपुरसँग भने ।

मन्त्री खाँडले चीन सधै नेपालको लागि असल मित्र रहेको उल्लेख गर्दै सधै सहकार्य गरेर अघि बढ्न चाहेको बताएका थिए । ‘मैले पनि भूकम्प र अन्य बेलामा चीनले नेपाललाई गरेको सहयोग र सद्भावको लागि धन्यवाद दिएँ,’ मन्त्री खाँडले थपे ।

चिनियाँ रक्षा मन्त्री चाङले नेपाली सेनाले भूकम्पको बेलामा आफ्नो टोलीसँग मिलेर गरेको कामको प्रसंशा गरेका थिए । उनले नेपाली सेनाले अन्तर्राष्ट्रि शान्ति मिसनमा खेलेको भूमिकाको प्रसंशा गरेका थिए ।
४५ मिनेट लामो वार्तामा नेपालका रक्षा मन्त्री खाँडले चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका थिए । खाँडले समकक्षी चाङसँगै राष्ट्रपति सी जिन पिङलाई पनि नेपाल भ्रमण गर्न मौखिक निम्तो दिए ।

असोज २३ मा चीन प्रस्थान गरि ३० मा फर्कन लागेका नेपालका मन्त्री खाँडले त्यहाँ ‘द चाइनिज एसोसियसन फर मेलिटरी साइन्स (सीएएमएस)’ र ‘द चाइनिज इन्टिच्युट फर इन्टरनेशनल स्ट्याटेजिक इस्टडिज (सीआईआईएसएस)’ ले गरेको दुई कार्यक्रममा भाग लिएका थिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget