Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रपतिद्वारा शक्तिपीठको दर्शन


काठमाडौँ असोज २४ गते  ।  बडादसैँअन्तर्गत  राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँका महत्वपूर्ण शक्तिपीठको दर्शन गरेकी छिन्  ।



राष्ट्रपति भण्डारीले आइतवार साँझ नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकाली, सङ्कटा र नरदेवी पुग्नुभई दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरिन् ।

दसैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ ।

बडादसैँको आठौँ दिन आइतवार मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ । काठमाडौँ उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीको घुइँचो थियो ।

त्यसैगरी, राजधानी बाहिरका चर्चित शक्तिपीठमा पनि आइतवार भगवतीको पूजाअर्चना गरिएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget