Websoft University

www.radiomakalu.com || 021-522512


समाजसेवीले बनाइदिए अदुवा खोलामा वैकल्पिक पुल


Aduwa-Khola-Pul
झापा, असोज १६ गते । मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा रहेको अदुवा खोलामा वैकल्पिक पुल बनाइएको छ । पुलको दक्षिणपट्टी स्थानीय समाजसेवी जयनारायण ढुंगानाले पैदलयात्रीलाई लक्षित गरेर वैकल्पिक पुल बनाइदिएका हुन् ।

बढ्दो जनघनत्व र सवारी चापले पुल आसपास दुर्घटनाको जोखिम बढेको थियो भने पैदलयात्रीले समेत सास्ती व्यहोर्नु परिरहेको थियो । हाल रहेको पक्की पुल समेत जीर्ण अवस्थामा छ ।

पैदलयात्रीलाई सहजरुपमा यात्रा गर्न सजिलो होस् भनेर फलामे पुल बनाइएको हो । पुलको चौडाई ४ फुट र लम्बाई ५७ फुट छ ।

एक औपचारिक कार्यक्रमका बीच पुल उदघाटन गरिएको छ । नवनिर्मित पुलको सुरक्षाको जिम्मा जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले लिएको छ । ट्राफिक प्रहरी प्रमुख डुण्डिराज गिरीले भने, ‘सुरक्षाको जिम्मा हामीले लिने र मर्मत स्वम् ढुंगानाले गरिदिने गरी सम्झौता भएको छ ।’-गौरव पोखरेल,अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget