Websoft University

www.radiomakalu.com || 021-522512


विश्वकै मोटी महिला,

 इजिप्ट. कार्तिक १० गते । इजिप्टकी ३६ वर्षीय इमान अहमद अब्दुलाती २५ वर्षदेखि घर बाहिर निस्किएकी छैनन् । अढाइ दशक यता अधिकांश समय उनी आफ्नै ओछ्यानमा रहँदै आएकी छन् ।




पछिल्लो समय बाहिरी दुनियाँ कस्तो छ भनेर झ्यालबाट चिहाउन पनि नसक्ने अवस्थामा छिन् उनी । किनकी उनी आफ्नो शरीर नै थेग्न नसक्नेगरी मोटाएकी छन् ।

उनको वजन आधा टन अर्थात् ५ सय किलो पुगिसकेको छ । उनी विश्वकै सबैभन्दा मोटी जीवित महिला हुन् । उनी आफ्नो हातले खाना खान पनि असमर्थ छिन् । खाना खानका लागि उनले अरुको सहायता लिनु पर्दछ ।

उनी जन्मदा नै ५ किलो वजन थियो । १०/११ वर्षमा उनी आफ्नो वजनकै कारण हिँड्न नसक्ने भएकी थिइन् ।

उनको शरीरमा एक प्रकारको संक्रमणका कारण वजन बढेको बताइएको छ । उपचारका लागि पर्याप्त रकम नभएका कारण परिवारले सरकारसँग सहयोगको याचना गरेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget