Websoft University

www.radiomakalu.com || 021-522512


यो वर्ष एक साता बन्द हुँदैन विराटनगर भन्सार,नवमी र टिकाको दिन मात्रै भन्सार बन्द

biratnagar bhansarको लागि तस्बिर परिणाम

मोरङ , असोज २२ गते । यस वर्षको दसैमा विराटनगर भन्सार कार्यालय दुई दिन मात्र बन्द हुने भएको छ । अघिल्लो वर्षसम्म एक हप्तासम्म बन्द हुने भन्सार कार्यालय यस वर्ष टीकाको अघिल्लो दिन र टीकाको दिन मात्र बन्द हुने भएको हो ।
 
सर्वसाधारणको सहजताका लागि यही असोज २४ र २५ गते मात्र बन्द हुने र टीकाको भोलिपल्टदेखि कार्यालय सञ्चालनमा आउने कार्यालय प्रमुख कृष्ण बस्नेतले जानकारी दिए। 
 
विराटनगर भन्सार कार्यालयले दैनिक करिब रु छ करोडको राजस्व सङ्कलन गर्दै आएको छ । बन्दका समयमा पनि उद्योगी व्यापारीलाई भन्सार निकासी पैठारीमा सहयोग पुयाउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको बस्नेतको भनाइ छ । रासस 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget