Websoft University

www.radiomakalu.com || 021-522512


प्रयाप्त सवारी नहुदा यात्रुहरू बाटैमा अलपत्र

धरान , असोज २३ गते   । प्रयाप्त सवारी नहुदा दशै मनाउन पुर्वी पहाडी जिल्ला हिडेका यात्रुहरु धरानमा अलपत्र परेका छन् । प्रयाप्त सवारी साधनसगै सडकको अवस्था नाजुक हुदा यात्रुहरु गन्तव्य सम्म नपुग्ने भएको कारण पनि यात्रुहरु अलपत्र परेका हुन् । सरकारले चाडपर्वको समयमा सहजरुपमा यात्रा गर्न वातावरण बनाएको वताइरहदा पुर्वी पहाडी जिल्ला हिडेका यात्रुहरु सवारी साधनका अभावमा अहिले धरानमा अलपत्र
परेका छन् ।

Image result for nepali buses


पुर्वी पहाडी जिल्लाहरु धनकुटा , भोजपुर, तेह्रथुम,संखुवासभा दशै मनाउन हिडेका यात्रुहरु धरानको भानुचौकमा अलपत्र परेका हुन् । साना साना बच्चा लिएर विहान ४ वजे देखी वस पार्कमा वस कुरी रहेको उनिहरुले दिउसो सम्म वस नपाएर अलपत्र परेका छन । पुर्वी पहाडी जिल्ला विषेश गरि भोजपुर, संखुवासभा तथा तेह्रथुम जाने सडक जीर्ण भएकै कारण सवारी साधन गन्तव्यमा नपुग्ने भन्दै व्यवसायीहरुले लामो दुरीमा सवारी लान नमाने पछि यात्रुहरुको विजोग भएको हो ।

यात्रुहरूको अनुसार प्रयाप्त रुपमा बस सञ्चालन हुन नसक्नु र सडकको अवस्था जीर्ण रहेकै कारण यात्रुहरुले हैरानी व्यहोर्नुपरेको हो । दशैलाई लक्षित गरी अहिले कोशी पहाडी राजमार्गमा यात्रुवाहक सवारी साधन थपिएका छन् तर पनि यो सख्या प्रयाप्त नभएकै कारण यात्रुहरुले समस्या भोग्नु परेको हो ।

आफ्नो पुख्र्याैली घर दशै मनाउन जाने क्रममा धरानको भानुचौकमा विहानैदेखि बस कुरेर बसेपनि अत्याधिक भीडका कारण यात्रा गर्न नसकेको यात्रुहरुको भनाई छ । लगातारको बर्षाका कारण कोशी पहाडी राजमार्ग अन्तर्गतको बसन्तपुरदेखि मुढे शनिश्चरेसम्मको बाटो अत्यन्तै जीर्ण रहेको छ । यस्तै धनकुटाको लेगुवादेखि भोजपुर जाने बाटो समेत जीर्ण रहेको छ । स

डक जीर्ण भएकै कारण सवारी साधन गन्तव्यसम्म नपुग्ने समस्या एकातिर छ भने अर्कोतर्फ यात्रा गर्नेको सख्या अत्याधिक हुदा दुर्घटनाको जोखिम समेत अत्याधिक बढेको यातायात व्यवसायीहरुले बताएका छन् । कोशी पहाडी राजमार्गमा दैनिक ५० को हाराहारीमा सावरी चल्ने भएपनि दशैको लागी भनेर ७० ठुला वस तथा ५० साना सवारी सञ्चालनमा ल्याइको व्यवसायीको भनाई छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget