Websoft University

www.radiomakalu.com || 021-522512


चीन गर्छ संसारमै सबैभन्दा बढी सुन उत्पादन र खपत

२०१५ मा मात्र ५ सय १६ टन सुन खपत
china_gold



काठमाडौं, असोज –चीन संसारमै सबैभन्दा बढी सुन उत्पादन तथा खपत गर्ने मुलुकको सूचीको पुनः पहिलो नम्बरमा पर्न सफल भएको छ । चाइना गोल्ड एसोसियसन (सिजीए)का अनुसार अघिल्लो साल सन् २०१५ मा मात्र चीनले ५ सय १६ टन सुन उत्पादन गरेको थियो । यो सन् २०१४ मा भएको कुल सुन उत्पादनको तुलनामा शून्य दशमलव ६ प्रतिशतले बढी हो । सुन तथा बहुमुल्य रत्नका गहनाको उच्च मागका कारण सन् २०१५ मा ९ सय ८६ रत्न चीनले खपत गरेको सिजीएले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ३ दशमलव ७ प्रतिशतले बढी हो । यो खपत विश्वकै उच्च रहेको संस्थाको दाबी छ । विगत ९ वर्षदेखि चीन विश्वमै सबैभन्दा बढी सुन उत्पादन गर्ने मुलुकको रूपमा रहेको छ । त्यस्तै, विगत ३ वर्षयता चीनले विश्वमै सबैभन्दा बढी सुन खपत गर्दै आएको छ । सिजीएका अनुसार चालू वर्ष सन् २०१६ मा मात्रै चीनले २ सय २९ टन सुन उत्पादन गरिसकेको छ भने ५ सय २९ टन खपत गरिसकेको छ । पिपुल्स डेली/अनु : सुवास भट्ट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget