Websoft University

www.radiomakalu.com || 021-522512


दिउँसै पिउने मूडमा हो? पिएर गाडी नचलाउनूस् है, २४सै घन्टा चेकिङ छ

काठमाडौं , असोज २२ गते । दसैंमा हुन सक्ने दुर्घटना न्युनीकरणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले चौबीसै घन्टा मापसे (मादक पदार्थ सेवन) चेकिङ गर्ने भएको छ।

दसैंको समयमा ट्राफिक कम हुने र मापसे चेकिङ नहुने ठानेर दिउँसै मादक पदार्थ सेवन गरी सवारी चलाउने पाइएकाले यस पटकबाट दिउँसै चेकिङ गर्न थालिएको महाशाखाका एसपी लोकेन्द्र मल्लले बताए। 'आज बिहानैदेखि हामीले चेकिङ सुरु गरिसकेका छौं,' उनले भने।

त्यस्तै सवारीसाधनको क्षमताभन्दा बढी यात्रु बाकेर तीव्र गतिमा सवारी चलाउने, यात्रुसँग बढी भाडा असुल्ने, मिटरमा जान नमान्ने ट्याक्सीलाई समेत कारबाही थालेको उनको भनाइ छ। 
-बिजमाण्डूबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget