Websoft University

www.radiomakalu.com || 021-522512


प्रचण्डले विमानस्थलबाट भने- सी र मोदीसँग एकसाथ भेट दुर्लभ सुखद संयोग

'नेपालको शीर ठाडो पारेर आउँदा पनि नकारात्मक कुरा गरेकोमा दुःख लागेको छ'

prachanda-2




काठमाडौं , कार्तिक १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकसाथ भएको भेटलाई दुर्लभ एवं सुखद संयोग भनेका छन् ।

यसले नेपाल र नेपालीको शीर ठाडो पारेको भन्दै उनले गर्वले आफ्नो छाती फुलेको बताए । तर, नेपालमा भएको नकारात्मक टीका टिप्पणीले भने मन दुखेको प्रधानमन्त्रीको गुनासो छ ।

भारतको गोवामा भएको ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्ड, चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच लिडर लाउन्जमा संयुक्त भेट भएको थियो । सम्मेलनमा सहभागी भएर सोमबार अपरान्ह स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले यो भेटलाई दुर्लभ र सुखद संयोग भनेका हुन् ।

चिनियाँ राष्ट्रपति भेटेर फर्कने क्रममा लाउन्जमा बसिरहेका बेला सी आफू भएको ठाउँमा आएको र करिव २० मिनेट खुलेर कुरा भएको प्रधानमन्त्रीले बताए ।



आफू र चिनियाँ राष्ट्रपति सीबीच नेपाल भ्रमणका साथै विगतमा भएको सहमति कार्यान्वयन लगायतका विषयमा खुलेर कुराकानी भएको प्रधानमन्त्री प्रचणडले जानकारी दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले भने, ‘त्यहीबीचमा मोदीजी पनि आइपुग्नु भो । र, हामी तीनजना भयौं । यो ठूलो अवसर जुट्यो ।’

आफ्नो दक्षिणतिर मोदी र उत्तरतिर सी बसेको प्रसंगबाट सम्वाद सुरु गर्दै आफूले त्रिदेशीय साझेदारी र त्यसबाट नेपालले लाभ लिन चाहेको कुरा राखेको प्रचण्डले बताए । उनले भने, ‘यसमा उहाँहरु सकारात्मक हुनुहुन्छ । तर, कुनै समझदारी भएको होइन ।’

आफूले नेपालको संविधान कार्यान्वयन र शान्ति प्रक्रियाबारे कुरा राख्दा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीले आफूहरुको पूर्ण समर्थन हुने बताएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने, ‘यो नेपाल र नेपालीका लागि ठूलो गौरवको कुरा हो ।’

अन्तर्राष्ट्रिय मञ्चहरुमा आफूले नेपालको हितको पक्षमा दह्रोसँग कुरा राखेको भन्दै प्रधानमन्त्री प्रचण्डले मोदी र सीसँगको संयुक्त भेटपछि आफ्नो छाती गर्वले फुलेको बताए । उनले अघि भने, ‘तर, यहाँ नकारात्मक कुराहरु पनि भएछन् । मलाई नराम्रोसँग दुखेको छ ।’

आफूले नेपालको शीर ठाडो हुने गरी भूमिका खेल्दा पनि नकारात्मक रुपमा हेरिएको उनको गुनासो छ ।
 - अनलाइन खबरबाट
prachanda-returns-1

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget