Websoft University

www.radiomakalu.com || 021-522512


लागुऔषधसहित तीन पक्राउ..

raksaul nakaको लागि तस्बिर परिणाम



वीरगन्ज, कात्तिक ६ गते । भारतको रक्सौलबाट नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरीले लागुऔषधसहित तीन जनालाई शुक्रबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज उपमहानगरपालिका–२० का भीमरावत यादव, वडा नं–२३ का पशुराम साह र अलौँ कार्निया निवासी सोनमा चौधरी रहेको सशस्त्र प्रहरी बल बोडर आउट पोस्ट अलौँले जनाएको छ ।

उनीहरुबाट लागुऔषध, सुई, डाइजोपाम २२० थान फेवारगन २६५ थान र नुर्फिक २२३ थान बरामद गरेको हो । भारतको रक्सौलबाट नेपालतर्फ आइरहेको अवस्थामा शुक्रबार राति ९ः३० बजेतिर सिर्सिया छोटी भन्सार कार्यालय नजिकबाट उनीहरुलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका तीनै जनालाई लागुऔषधसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ । रासस
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget