Websoft University

www.radiomakalu.com || 021-522512


धरानमा कट्टी प्रहारबाट एक युवक घाइते


धरान. असोज २४ गते .।  कट्टी प्रहारबाट एक युवक घाइते भएका छन् । हिजो राती साढे १० बजे धरान ११ स्थित कल्याणचौकमा अज्ञात समुहको कटटी प्रहारबाट धरान १६ जोरसखुवाका २४ बर्षीय शैलेश श्रेष्ठ अज्ञात समूहको कट्टी प्रहारबाट घाइते भएका हुन् ।


धरान ११ कल्याणचौकस्थित आफ्नो मामली घरबाट दशै मनाएर फर्कने क्रममा राति उनलाई अज्ञात समूहले कट्टी प्रहार गरेको धरान प्रहरील जानकारी दिएको छ ।
20161009_000821
कट्टी प्रहारबाट पछाडि ढाडाको पछाडि दुवैपट्टि पाच ठाउ काटिएको छ । काटिएकोमध्य दायाबाटी दुईवटा गहिरो चोट रहेको छ भने देव्रे भागमा भने सामान्य रहेको उपचारका संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । घाइते श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकष्मिक कक्षमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य बन्दै गएको चिकित्सककले बताएका छन् ।
20161009_025231
प्रहरीले भने एक्कासी कट्टी प्रहार हुनुमा पुरानो रिसइवी हुन सक्ने आशंका गरेको छ । घटनामा सम्लग्न ब्यक्तिहरुको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget