Websoft University

www.radiomakalu.com || 021-522512


अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौँ, कार्तिक ८ गते .। धावनमार्गमा मरेको चरा भेटिएपछि बुधबार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल डेढ घण्टा बन्द भएको छ ।

Image result for tribhuwan international airport


मरेको चरासँगै फुटेको सिसा भेटिएपछि सरसफाईका लागि डेढ घण्टा विमानस्थल बन्द गरिएको विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । बिहान ८ बजेर २६ मिनेटमा रन–वेमा मरेको चरासँगै फुटेको सिसा रहेको खबर एयर ट्राफिकले पाएलगत्तै विमानस्थल बन्द गरिएको हो ।

प्रवक्ता ठाकुरका अनुसार कुन जहाजमा चरा ठोक्किएको खुल्न सकेको छैन । ‘तीनवटा इन्टरनेसनल र बिहान उडान भरेका डोमेस्टिक जहाजलाई सोध्यौं,’ उनले  भने, ‘तर उनीहरुले आफ्नो जहाजमा नठोक्किएको जवाफ दिएका छन् ।’

विमानस्थल बन्द गरिएसँगै डोमेस्टिक र इन्टरनेसनल उडानहरु डाइभर्ट गरिएको थियो ।

रन–वेबाट चरा निकाल्न नै डेढ घण्टा विमानस्थल बन्द गरिएको भन्दै पाइलटहरु आक्रोसित भएका छन् ।

विमानस्थल स्रोतका अनुसार एयरसाइड भेइकल (विमानस्थल सफा गर्ने गाडी)का चालक नहुँदा सफाईमा ढिला भएको थियो ।


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget