Websoft University

www.radiomakalu.com || 021-522512


युवाहरुले गरे नगरको सरसफाइ

पथरी असोज २३ गते  ।  पथरीशनिश्चरे १ स्थित अन्नपूर्ण चौकमा ‘हलगाइज परिवर्तन युवा क्लब’ द्वारा स्वास्थ्यलाई मध्य नजर गर्दै सरसफाइ कार्यक्रम शुक्रबारका दिन सम्पन्न गरिएको छ । अन्नपूर्ण चौकमा प्रमुख अतिथि गणेश दुलालले झाडुले बढारेर उद्घाटन गरेका थिए । रत्न चौक, बुद्ध चौक, शिखर चौक हुदै पशुपति चौक र फर्निचरलाईबाट पुनः अन्नपूर्ण चौकमा आएर कोण सभामा कार्यक्रम परिवर्तन गरिएको थियो । घर–घरबाट नगरवासीले फोहोर दिएर सहयोग गरेका थिए ।

sarsafai


नजिकिन्दै गरेको महान चाड बडा दशै र दिपावलीलाई लक्षित गरि युवाहरुले टन्टालापुर घामको प्रवाह नगरिकन सक्रियता पनि उत्साहजनक नै देखाएका थिए । कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका सामाजिक परिचालनका संयोजक दुलालले ‘युवाहरुले राम्रो कामको थालनी गरेको र आगामी दिनमा निरन्तर यस क्षेत्रमा युवाहरु लाग्नु पर्ने’ कुरा सुझाए ।

त्यसैगरी पत्रकार भूमिप्रसाद पाठकले ‘युवाहरुको उर्जा शक्ति नगर सुन्दर हुने’ कुरा बताए । कार्यक्रममा अतिथिहरु भरत भण्डारी, विवश लिम्बू रहेका थिए । कार्यक्रमको अध्यक्षता घनश्याम राई (पर्वत) ले गरेका थिए । कार्यक्रमको संचालन मुकेश राई गरेका थिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget