Websoft University

www.radiomakalu.com || 021-522512


काठमाण्डौमा बलिउडकी हट उर्वशी

urbasi rautela in ktm (16)

बलिउडमा उदाउँदै गरेकी नायिका तथा मोडल उर्बसी रौटेलाले काठमाडौंमा क्याक्टवाक गरेकी छिन् । युहान इन्टरनेशनल इभेन्ट्स प्रालीको निमन्त्रणामा बिहिबार राती उनी काठमाडौं आएकी थिइन् ।

शुक्रबार बेलुकीबलिउडमा उदाउँदै गरेकी नायिका तथा मोडल उर्बसी रौटेलाले काठमाडौंमा क्याक्टवाक गरेकी छिन् । युहान इन्टरनेशनल इभेन्ट्स प्रालीको निमन्त्रणामा बिहिबार राती उनी काठमाडौं आएकी थिइन् ।

शुक्रबार बेलुकी काठमाण्डौको आर्मी अफिसर्स क्बलमा आयोजित ‘दोस्रो मोडल क्वेस्ट इन्टरनेशल नेपाल-२०१६’ मा मोडल रौटेलाले शो स्टपरको रुपमा क्याटवाक गरिन् ।

सो प्रतियोगिताका २० जना पुरुष र २१ जना महिला मोडल प्रतियोगीसँग उनले बिशिष्ट अतिथिको रुपमा क्याटवाक गरेकी थिइन् । पहिलो पटक आफु नेपाल आएको र नेपालीबाट धेरै माया पाएको उनको भनाई छ ।
उर्वसीले विजेताहरुलाई ट्रफी पनि प्रदान गरेकी थिइन् । अभिनेत्री उर्वसीसँगै आएका बलिउड गायक अली कुली मिर्जाले कार्यक्रममा आफ्ना आधा दर्जन गीत प्रस्तुत गरेका थिए । ‘दोस्रो मोडल क्वेस्ट इन्टरनेशल नेपाल-२०१६’ मा महिलातर्फ आफ्ना २० प्रतिस्पर्धीलाई पछि पार्दै प्रिया लिम्बुले उपाधि जितिन् । यस्तै रेजल रोक्कले फस्ट रनर अपको उपाधि प्राप्त गरिन् भने सिम्रन पराजुली मल्टिमिडिया अवार्ड सहित सेकेन्ड रनर अप बन्न सफल भईन् ।

यस्तै पुरुष मोडल तर्फ सचिन शाक्यले उपाधि जिते । अनुज मास्के फस्ट रनरअप भए भने बिजु श्रेष्ठ सेकेन्ड रअन अप भए । सो प्रतियोगिताको निर्णायकहरुमा डब्बु क्षेत्री, सुमित जबरा, सिजी मोटर्सका सुनिल खेतान, चलचित्र निर्माता सुमन बिष्ट, सौन्दर्यविद् एव फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा र मोडल पविना खड्का थिए ।

तस्बिरः कमल प्रसाई

अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget