Websoft University

www.radiomakalu.com || 021-522512


उपत्यकामा मोटरसाइकल चोरको बिगबिगी, असोजमै हराए ६५ बाईक

गत वर्ष ७ सय ३३ मोटरसाइकल उपत्यकाबाट हराए



काठमाडौं, कात्तिक ८ गते । काठमाडौं उपत्यकामा असोजमा मात्र ६५ वटा मोटरसाइकल हराएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत महिना काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट ६५ वटा मोटरसाइकल हराएको निवेदन परेको थियो ।

असोज महिनामा महाशाखाले चोरीमा परेका ११ मोटरसाइकल फेला पारी सम्बन्धित सवारीधनीलाई जिम्मा समेत लगाएको छ । महाशाखाका अनुसार सोही अवधिमा हराएका मोटरसाइकलबारे अनुसन्धान गरी चारवटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । महाशाखाले मोटरसाइकल हराएको भनी परेका निवेदनका आधारमा विभिन्न १९ मोटरसाइकलमाथि अनुसन्धान गरेको थियो ।

साउनमा ९८ र भदौमा ८८ मोटरसाइकल हराए

महाशाखाका अनुसार पछिल्लो समय मोटरसाइकल हराएको भनी निवेदन आउने क्रम घटेको छ । गत साउनमा ९८ मोटरसाइकल हराएको निवेदन परेको महाशाखा बताउँछ । भदौमा ८८ वटा मोटरसाइकल हराएको निवेदन महाशाखामा प्राप्त भएको थियो ।

एक वर्षमा हराएर ७ सय ३३ मोटरसाइकल

महाशाखाका अनुसार एक वर्षको अवधिमा ७ सय ३३ मोटरसाइकल उपत्यकाबाट हराएका छन् । गत आर्थिक वर्ष २०७२/७३ मा उक्त संख्याका मोटरसाइकल उपत्यकाका विभिन्न स्थानबाट हराएका हुन् । चोरीमा परेका उक्त संख्याका मोटरसाइकलमध्ये १ सय ९३ वटा मोटरसाइकल सम्बन्धित सवारीधनीलाई जिम्मा लगाइएको महाशाखाले जनाएको छ ।विभिन्न स्थानमा प्रहरीले जफत गरेका मोटरसाइकलहरु धुलोले पुरिएको अवस्थामा ।

अनुसन्धानका क्रममा दोषी पाइएका ३६ जना मानिस र १७ वटा मोटरसाइकलमाथि महाशाखाले कारवाही गरेको थियो । जसमध्ये १ सय ६६ मोटरसाइकलको भन्सारमा जिम्मा लगाइएको महाशाखाको भनाई छ ।

महाशाखाका अनुसार आर्थिक वर्ष २०६९/७० सालमा सबैभन्दा धेरै मोटरसाइकल हराएका थिए । उक्त आवमा मोटरसाइकल हराएको भनी ८ सय ५२ वटा निवेदन परेको थियो । आव २०७०/७१ मा मोटरसाइकल हराएको भनी प्राप्त भएको यस्तो संख्या ७ सय ४० र आव २०७१/७२ मा ४ सय ७१ थियो ।

ग्यारेज र पार्किङ गरेको स्थानबाट मोटरसाइकल बढी चोरी हुने गरेको महाशाखा बताउँछ । चोरिएका मोटरसाइकलमध्ये अधिकांश मोटरसाइकल महाशाखाले पत्ता लगाउन नसकेको तथ्याङ्कमा देखिन्छ ।



महाशाखाका सहप्रवक्ता राजेन्द्र प्रसाद भट्टले चोरी नियन्त्रणका लागि प्रहरीलाई पोशाकमा, सादा पोशाकमा र सुराकीसमेतको परिचालन गरिएको बताए । ‘चोरी नियन्त्रणका लागि हामीले सादा पोशाक र सुराकीसमेतको परिचालन गरेका छौं,’ उनले भने, ‘यसको प्रयासस्वरूप पछिल्लो समय चोरीमा कमी समेत देखिएको छ ।’ - लोकान्तरबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget