Websoft University

www.radiomakalu.com || 021-522512


कांग्रेस सांसदद्वारा ‘थ्रेसहोल्ड’ प्रस्ताव


काठमाडौँ, असोज २३ गते ।  सत्तारूढ दल कांग्रेसका सांसदहरूले आम निर्वाचनमा ३ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने दललाई मात्रै समानुपातिक सिट दिन प्रस्ताव गरेका छन् ।

sher bahadur


राजनीतिक दलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा शुक्रबार संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूले राष्ट्रिय मान्यता प्राप्त दलका लागि ‘थ्रेस–होल्ड’ को प्रस्ताव गरेका हुन् । पार्टी सभापति शेरबहादुर देउवासहितका वरिष्ठ नेताहरूसँगको छलफलपछि रामशरण महत, राधेश्याम अधिकारी, मीनेन्द्र रिजाल, ध्रुव वाग्ले र चिनकाजी श्रेष्ठले संयुक्त संशोधन दर्ता गराएका छन् । निर्वाचन कार्यान्वयन सम्बन्धी तीनवटा विधेयकमा संशोधन दर्ता गराउने शुक्रबार अन्तिम समय हो । यसअघि एमाले सांसदहरूले दर्ता गराएको संशोधनमा प्रत्यक्षतर्फ ३ प्रतिशत मत प्राप्त गरेको वा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको दलले समानुपातिकतर्फ सिट प्राप्त गर्न सक्ने गरी थ्रेसहोल्ड प्रस्ताव गरेका छन् ।

कांग्रेस र एमालेका केही युवा सांसदले दर्ता गराएको अलगै संशोधनमा भने ५ प्रतिशतको थ्रेसहोल्ड प्रस्तावित छ । कांग्रेसका भरत शाह, रामहरि खतिवडा र एमालेका रामेश्वर फुँयाललगायतका सांसद ५ प्रतिशतको थ्रेसहोल्डका पक्षमा छन् । कांग्रेस सांसदहरूको संशोधनमा राजनीतिक दल दर्ताका लागि ५ हजार मतदाताको हस्ताक्षर आवश्यक पर्ने व्यवस्था प्रस्तावित छ । विधेयकमा ५ सय मतदाताको हस्ताक्षरका आधारमा दल दर्ता गर्न सकिने प्रावधान छ । यसअघि विधेयकमाथि संसद्मा भएको सैद्धान्तिक छलफलमा अधिकांश सांसदले ५ सय मतदाताको हस्ताक्षरकै भरमा दल दर्ताको व्यवस्था हुँदा मतपत्रको व्यवस्थापन गर्नसमेत अप्ठ्यारो पर्ने धारणा राखेका थिए ।

साविक कानुनअनुसार दल दर्ताका लागि १० हजार मतदाताको हस्ताक्षर आवश्यक पर्छ । तर, हस्ताक्षर प्रमाणीकरणको संयन्त्र नभएकाले कुनै दलले बुझाएको हस्ताक्षर सही हो/होइन भन्ने यकिन नहुँदै दल दर्ता हुने गरेको छ । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा १० हजारको हस्तक्षर बुझाएर दर्ता भएका अधिकांश नयाँ दलले एक हजार मत पनि पाएका थिएनन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget