विजया दशमी र दीपावली नेपालीका निम्ति एकदमै महत्वपूर्ण चाडपर्व हुन् । यी महान चाडको आफ्नै महत्व त छ नै । आफन्त, साथीभाइ तथा प्रियजन भेट्ने, आशीर्वाद लिने–दिने तथा खुसी साट्ने महान अवसर पनि हुन् । तर, यी चाडहरू विजया दशमी र दीपावलीसँगै मात्र होइन, अन्य विभिन्न चाडपर्वमा पनि नेपाली समुदायमा खुसीको मात्रै होइन, रोगहरूको पनि ओइरो लाग्ने गरेको छ । हामीले चाडपर्वका समयमा खानपिन तथा जीवनशैलीमा एकदमै लापरबाही गर्ने हुनाले रोग बढेका हुन् । यी पर्वहरूमा वा पर्वपश्चात मुख्यतय निम्न समस्या÷रोग बढेको पाइएको छ ।
हेरचाह तथा सावधानी
औषधी लिइरहेको भए :
१. दसैं होस् या तिहार, चिकित्सकले प्रिस्व्रmाइब गरेका औषधोपचार चाडपर्वमा पनि चलि नै रहनुपर्छ ।
यी पर्वमा थुप्रै औषधी पसल नखोल्ने या नयाँ स्टक नआउने समस्या हुने हुँदा दसैं–तिहार आउनुअघि नै आफूलाई चाहिने औषधी कमसेकम एक महिनाका निम्ति किनेर राख्नु जरूरी हुन्छ ।
– आफ्नो डाक्टरको निजी फोन नं. वा अस्पतालको फोन नं. आदि नोट गर्नुहोस् ।
– आफू टाढा वा कतै बाहिर वा गाउँ जाने भए त्यस ठाउँ नजिकैको स्वास्थ्य केन्द्र, अस्पताल, एम्बुलेन्स कहाँ छ पत्ता लगाउनुस् र त्यहाँको फोन नं. सँगै राख्नुहोस् ।
– चिकित्सकले भनेबमोजिम औषधी तथा खानपिनमा सधंै सावधान रहिरहनुस् ।
२. रोग उपचारका निम्ति गरिने योग, व्यायाम मात्रै होइन, फिटनेसका व्यायाम जस्तै : दौडने, खेल्ने, योग आदि गरि नै रहनुस् ।
दसैं होस् वा तिहार आफ्नो व्यायाममा सधैँै अडिग रहनुस् ।
साथै दसैं–तिहारमा घरटोलमा आयोजित हुने आउटडोर खेलमा भाग लिनुस् वा नभए साथीहरू मिलेर यसको आयोजना गर्नुस् ।
३. प्रशस्त मात्रामा स्वच्छ पानी पिइरहनुस् र पानीको बोतल सधैं साथमै राख्नुहोस् । ग्यास्ट्रिक बढ्ने, युरिक एसिड, पिसाबका समस्या यसले नै रोकथाम गर्छ ।
४. कुनै पनि कार्यमा अति नगर्नुहोस् ।
५. माथि भनिएका चिल्लो खाना, तारेका खाना, अस्वस्थकर प्याकेटका जंकफुड, फास्टफुड, विकृत पारिएका मांसाहार, रातो मासु, मिठाई, मासु, घिउ, रक्सी, नुनिला र मसालेदार खाना आदि प्रति सचेत रहनुस् । यस्ता खाद्य सकेसम्म आफू पनि नखानुस् र अरुलाई पनि नखुवाउनुस् । सबैभन्दा महत्वपूर्ण कुरो हो आनन्द । आनन्दका निम्ति कोचेर अति गरी खानु जरूरी हँुदैन ।
६. धूमपान, मद्यपान वा लागू पदार्थ आदिबाट टाढै रहनुस् । यिनको कुलतमा फसेका साथीभाइबाट बच्नुस् ।
७. खानाको चयन गर्दा सकेसम्म कम क्यालोरीका खाना जस्तै ः सलाद, सागपात, तरकारी, फल, जुस आदि नै चयन गर्नुहोस् ।
बढी क्यालोरीका तारे, भुटेका मांसाहार खानासँग सधैं प्रशस्त सलाद, दही, सागपात आदि खाने गर्नुस् ।
सलाद, सुप, तरकारी, साग आदि पदार्थ मुख्य खानाभन्दा अगाडि खानाले अन्य खाना कम खाइन्छ र कम क्यालोरी शरीरमा जान्छ ।
मिठाई बढी नखानुस् ।
मिठाई, जंक फुड जस्तै प्याकेट र बोतलका खाजा र पेय पदार्थ एकदमै कम प्रयोग गरौं । यिनमा भएका विभिन्न केमिकल, अखाद्य पदार्थ, चिल्लो र चिनीले हानि गर्ने कुरा सर्वमान्य तथ्य हो ।
मधुमेहका रोगीले रगतमा सुगरको मात्रा चेक गरिरहनुपर्छ । उच्च रक्तचाप÷मधुमेह÷रक्तनलिका समस्या, कोलेस्ट्रोल बढेका हृदयघात र मस्तिष्कघात भएका रोगीहरूको निम्ति रक्सी, धूमपान र मांसाहार, चिल्लो वा गुलिया भनेको बिष सरह हुने हुनाले एकदमै कम मात्रामा खाने गर्नुपर्छ वा नापेर मात्रै खाने ।
अनावश्यक ऋण लिएर खर्च गर्ने, जुवाडे बन्ने, मादक पदार्थ लागू पदार्थको संगतमा लाग्ने, झगडा आदि गर्ने बानीले तनाव बढाउँछ । रोग त बढाउँछ नै । त्यसैले तनाव बढाउने कुनै पनि कारणबाट बच्नुस् ।
ढाड–मेरुदण्डमा नसा च्यापिएका बिरामीहरूले बढी बसेर तास खेल्ने वा अन्य खराब पोजिसनमा बस्ने नगर्नुहोस् ।
सुरक्षित ठाउँमा मात्रै चंगा उडाउने, पिङ खेल्ने गर्नुस् ।
पारिवारिक रूपमा आनन्द लिनुहोस् ।
पटाका पड्काउनु गैर कानुनी भए तापनि अलिकति मात्रामा यो भित्री रहने कुरा कसैबाट छिपेको छैन । बच्चा र सजिलै जल्ने कुराबाट यिनलाई सुरक्षित राख्नु नै समझदारी हुन्छ ।
सरसफाइमा ध्यान दिनुस् ।
घरमा एन्टासिड, दुखाइ कम गर्ने र अन्य औषधीको साथमा फस्र्ट एड किट राख्नुपर्छ ।
संस्कृति र प्रचलित कुसंस्कार
दसैं–तिहारका आफ्नै आध्यात्मिक महत्व भए पनि हामीले यिनमा आडम्बर, पाखण्ड र कुसंस्कार मिसाएका छौं । यिनको शुद्ध मर्म बिर्सेर अन्धपरम्परामा सीमित गरेका छौं । यिनमध्ये स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने केही यस प्रकार छन् ।
पञ्चबलि : पञ्चबलिमा राँगो, बोको, कुखुरा, हाँस, परेवा आदि काट्ने होइन कि यसको साँचो अर्थ हो, हामीभित्र रहेका पाँच अहंकार वा मनोवृत्तिको बलि दिने । यी अहंकार वा मनोवृत्तिहरू हुन् :
– काम
– क्रोध
– लोभ
– मोह
– ईष्र्या÷द्वैष
स्वस्थकर रहन हामीले दिनुपर्ने पञ्चबलि हुन :
मद्यपान, धूमपान
चिल्लो विकृत खाना, जंकफुड
अत्यधिक तनाव
रातो मासु, विकृत पकाइएका मासु
अल्छीपन र लापरबाही
यस्तै टीका लगाउनुको पनि आफ्नै आध्यात्मिक अर्थ छ र जमरा दिनुको पनि । जमरा टाउकोमा लाउने होइन कि खाने हो । राम्ररी तयार गरिएको गहुँ,, जौ आदिका जमरालाई ‘पृथ्वीको अमृत’ नामले चिनिन्छ । जमरामा शरीर निर्विषीकरण वा डिटक्स गर्ने, पोषक तत्व प्रदान गर्ने, असाध्य मानिएका रोगसमेत ठीक गर्ने शक्ति भएको अनुसन्धानहरूले प्रमाणित गरिसकेका छन् ।
यहाँको दसैं–तिहार पनि स्वस्थमय, आनन्दमय र समृद्धिमय बितोस् । यी पर्वमा सबैको उन्नति, सुस्वास्थ्य र प्रगतिको कामना गरौं र कामनाले मात्र पुग्दैन । स्वस्थ खाना खाऔं, खुवाऔं र सुरक्षित रहौं ।
- डा सुनिल पौडेल , स्वास्थ्यखबरबाट
Post a Comment