Websoft University

www.radiomakalu.com || 021-522512


सस्तो उखु, महंगो चिनी


काठमाडौँ, असोज २७ गते । क्रसिङका बेला उखुको मूल्य निकै सस्तो भए पनि बजारमा चिनीको भाउ आकासिएको छ । उखु क्रसिङका बेला ६० रुपैयाँमा पाइने चिनीको भाउ ८० रुपैयाँ पुगेको छ । चिनीको मूल्य घटेको भन्दै उद्योगले क्रसिङका बेला उखुको भाउ घटाएका थिए । 



घटी मूल्यमा खरिद गरेको उखुबाटै उत्पादित चिनीको भाउ भने किलोमा २० रुपैयाँ बढेको छ ।

गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल ४ सय ४८ रुपैयाँ कायम गरी क्रसिङ सुरु भएको थियो । चिनीको भाउ निरन्तर घटेको भन्दै उद्यमीले उखुको भाउ अघिल्लो वर्षभन्दा घटाएका थिए । त्यसअघि उखुको भाउ ४ सय ६१ थियो । ५ वर्षयता चिनीको मूल्य घटेको भन्दै निरन्तर उखुको भाउ घटदै आएको छ । उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले ५ बर्ष यता उखुको भाउ ३३ रुपैयाँ घटेको बताए । ‘सस्तोमा उखु किनेर महँगोमा चिनी बेच्न पाउँदा उद्योगलाई मात्र फाइदा भइरहेको छ,’ उनले भने, ‘चिनी किलोमा २० रुपैयाँले भाउ बढेको छ । किसानले भने लागतसमेत नउठ्ने गरी सस्तोमा उखु बेच्नुपरेको छ ।’

उनले चिनीको मूल्यवृद्धिअनुसार यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६ सय ५० कायम हुनुपर्ने बताए । गत क्रसिङमा उखुबाट चिनीको उत्पादन प्रतिशत (रिकोभरी) पनि राम्रो भएकाले उद्योगलाई व्यापक फाइदा भएको किसानको भनाइ छ । प्रतिक्विन्टल उखुमा औसत करिब १० किलो चिनी उत्पादन भएकाले भाउ बढेपछि चिनी उद्योगले निकै नाफा गरेको किसानहरू बताउँछन् । मिलगेट उखु उत्पादक समितिका अध्यक्ष वेदबहादुर बुढाथोकीले सस्तोमा उखु किनेर महँगोमा चिनी बेच्न पाउँदा मिलले धेरै नाफा कमाएको बताए । उनले यस वर्ष चिनीको रिकोभरी राम्रो भएकाले मिलले अचाक्ली कमाएको दाबी गरे ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget