Websoft University

www.radiomakalu.com || 021-522512


६ संवैधानिक आयोग गठन सम्बन्धी विधेयक संसदीय समितिमा


Parliament-Building of Nepal
काठमाडौं,असोज १६ गते । व्यवस्थापिका संसदले विभिन्न ६ वटा आयोग गठनको कानूनी व्यवस्थाका लागि पेश गरिएका विधेयकहरु दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ ।

संसदको आइतबार बसेको बैठकले राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोग गठन सम्बन्धी विधेयक संसदीय समितिमा पठाएको हो ।

संवैधानिक आयोग गठन सम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाएसँगै संसद बैठक असोज १८ गते मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।

यी ६ वटा विधेयक संसदबाट पारित भएर आयोग गठन भएपछि नेपालमा संवैधानिक निकायको संख्या १३ पुग्ने छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget