Websoft University

www.radiomakalu.com || 021-522512


यसपालि पनि निरासमा नै बित्ने भो भूकम्पपीडितको दसैँ

bhukamp piditको लागि तस्बिर परिणाम



चितवन, असोज २० गते । भूकम्पका कारण घरबारविहीन भएपछि गत वर्षको दसँै अन्योलमै बिताएका यहाँका भूकम्पपीडितको यस वर्षको दसैँ पनि खल्लो हुने भएको छ ।

यस वर्ष पनि सरकारबाट अनुदान पाउन नसके पछि उनीहरुको दसैँ कष्टकर रुपमा पालमुनिनै बित्ने भएको हो । भूकम्प पछि कतिपयले आफैँ टहरा निर्माण गरेर बसिरहेका छन् भने कतिपय बस्न अयोग्य घरमा बसिरहेका छन् ।

जिल्ला विपत् व्यवस्थापन समितिको तथ्याङ्क अनुसार जिल्लाका तीन हजार ४८७ घर पूर्णरुपमा क्षति भएका र १२ हजार ४१ घर आंशिक रुपमा क्षति भएका थिए । जिल्लाको एक उपमहानगरपालीका, पाँच नगरपालिका र १५ गविस भूकम्पबाट प्रभावित भएको छ । भूकम्पकै कारण १० जनाको मृत्यु, तीन जना बेपत्ता र १७९ जना घाइते भएका थिए । घर पूर्णरुपमा क्षति भएकाहरुले सुरुमा रु १५ हजार र पछि न्यानो कपडाका लागि रु १० हजार मात्र पाएका छन् ।
जिविसका सूचना अधिकारी बलराम लुइँटेल १४ जिल्ला पूर्ण प्रभावितमा परेको र चितवन भने आंशिक प्रभावितमा परेका कारण राहतमा पछाडि परेको बताउनुहुन्छ ।
“गाउँभरि विचल्ली छ चाडबाडको के कुरा गर्ने टहरामा घामपानी तर्काउन राखिएको त्रिपाल च्यातिएको र किलो गाडिएको बाँस कुहिन थालेको छ ।”
भूकम्प पीडित कालिका नगरपालिका–१ नाइबन्दीका कविलाल प्रजा भन्नुहुन्छ, “सरकारको आश गर्दागर्दै गाउँले निरास भएका छन्। राहत रकम दिन ढिलाइ गर्दा अप्ठेरो भएको छ ।”
दारेचोक गाविस–९ धुसाकी फुलमति चेपाङ यतिका समय बित्दा पनि सरकारले घर निर्माणका लागि राहत नदिएकाले हाम्रा लागि यस वर्षको दसैँ पनि आउन सकेन भन्नुहुन्छ । सक्नेले टिन किनेर छाएको भए पनि नसक्नेको त्रिपाल कुहिएकाले अबको जाडो थेक्न नसक्ने उहाँको गुनासो छ ।

चेपाङ समुदायको बाहुल्यता रहेको पहाडी क्षेत्रमा आम्दानीको स्रोत नहुँदा टिनसम्म किनेर छाउने अवस्था पनि धेरैको छैन । बढी मात्रामा उनीहरु प्रभावित भएको दाहाखानी गाविस–६ कुयलघारीका ठूलाकान्छा थापामगर बताउनुहुन्छ । परिवारको सङ्ख्या बढी हुने र साँघुरो ठाउँमा बस्नु पर्दा उनीहरुको जीवन कष्टकर भएको उहाँको भनाइ छ

भूकम्पका कारण बस्नै नहुने भएपछि दाताको सहयोगमा १८ वटा बस्तीका ४१६ घरधुरीलाई विभिन्न सुरक्षित स्थानमा अस्थायी आश्रयस्थल निर्माण गरी स्थानान्तरण गरिएको थियो ।

स्थानीय विकास अधिकारी श्रवणकुमार पोख्रेल विपन्न बस्तीमा भूकम्पको बढी प्रभाव परेकाले आफैँ गर्नसक्ने अवस्था नरहँदा अहिलेसम्म पनि उनीहरुको अवस्था विचल्लीमा रहेको बताउनुहुन्छ । पुनःनिर्माण प्राधिकरणले सबैको काम गाविस र वडा कार्यालयमार्फत थालेकाले छिटै नै राहत पाउने उहाँको भनाइ छ । सरकारले भूकम्पबाट पूर्णरुपमा प्रभावितका लागि रु तीन लाख अनुदान र रु दुई लाख ऋण दिने जनाएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget