Websoft University

www.radiomakalu.com || 021-522512


आयोगको आपत्तिपछि ५७ एलडिओको सरुवा रोकियो

sanghiya-mamila-sthaniya-local-development


काठमाडौं , असोज १८ गते । स्थानीय विकास अधिकारीहरुको सरुवा गर्ने स्थानीय विकास मन्त्रालयको निर्णय प्रति स्थानीय तहको संख्या र सीमाना निर्धारण आयोगले आपत्ति जनाएपछि उक्त निर्णय तत्काललाई कार्यान्वयन नहुने भएको छ ।

तीन दलसहित आयोगको सोमबार बसेको बैठकमा आयोगका पदाधिकारीहरुले स्थानीय विकास अधिकारीहरुको सरुवा गर्दा स्थानीय तहको पुनःसंरचना प्रभावित हुने भन्दै गुनासो गरेका थिए ।

स्थानीय निकायको पुनःसंरचनामा स्थानीय विकास अधिकारीको भूमिका मुख्य हुने र हालसम्म भएका कामहरु समेत प्रभावित हुने भन्दै आयोगले आपत्ति प्रकट गरेको थियो ।

मन्त्रालयले तत्काललाई उक्त निर्णय कार्यान्वयन नगर्ने र सार्वजनिक बिदाको दिन समेत स्थानीय विकास अधिकारीहरुलाई जिल्ला नछाड्न निर्देशन दिइएको मन्त्री हितराज पाण्डे जानकारी दिए ।

यसअघि मन्त्रालयले गत असोज १५ मा ५७ स्थानीय विकास अधिकारीसहित ४२ जिल्ला इन्जिनियर र ७० शाखा अधिकृतको सरुवा गर्ने निर्णय गरेको थियो । - भरत पाण्डेय , रातोपाटिबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget