Websoft University

www.radiomakalu.com || 021-522512


दुई बस ठोक्किंदा पाँच घाइते

उदयपुर, असोज २७ गते। उदयपुरको त्रियुगा नगरपालिका ११ रातमाटेमा बुधबार अपरान्ह दुई बस ठोक्किंदा पाँच जना घाइते भएका छन्। सिरहाको लहानबाट उदयपुर गाईघाटतर्फ जादै गरेको स १ ख ६१२ नम्बरको बस बिग्रिएर सडकमा रोकी राखेको ना ३ ख ४७०० नम्बरको बस पछाडी ठोक्किएको हो ।

Image result for bus collide bus


दुर्घटनामा बिग्रिएको बस मर्मत गर्दै गरेका उदयपुर गाईघाट बस्ने मिस्त्री बाबुल अलि, रहमद अन्सारी र बसका खलासी भोज कुमार बुढाथोकी तथा बसका यात्रुहरु मोरङ टंकीसिनुवारी-१ बस्ने ८ वर्षिय प्रज्वल भट्टराई र १३ वर्षिया भुमिका भट्टराई घाइते भएका छन्। घाइते सबैलाई सुर्योदय अस्पताल उदयपुर पुर्‍याइएको छ भने बसका चालक प्रहरीको नियन्त्रणमा रहेको छ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget