Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रपतिलाई मूल पुजारीबाट टीका प्रदान

काठमाडौँ, असोज २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा हीजो  बिहान ०८:४५ बजेको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका लगाएकी छन् ।



राष्ट्रपतिलाई उनले शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गरेका थिए । सो अवसरमा राष्ट्रपतिका पुरोहित पण्डित खेमचन्द्र ढकाल पनि उपस्थित थिए ।

सोही अवसरमा राष्ट्रपति भण्डारीलाई उनका काका काकी खगेन्द्र पाण्डे र ज्ञानु पाण्डे तथा जयन्त पाण्डे र सावित्री पाण्डेले पनि टीका लगाइदिए । राष्ट्रपति भण्डारीले पनि छोरी उषाकिरणलाई टीका लगाइदिइन् ।

साथै, सोही अवसरमा राष्ट्रपतिले पनि आफ्ना परिवारका अन्य सदस्य तथा आफन्तहरुलाई टीका लगाइदिएकी थिइन् । राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका अपरान्ह २ बजेदेखि लगाइदिइन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget