Websoft University

www.radiomakalu.com || 021-522512


महिलालाई पुरुषमा के चाहिन्छ ? जान्नुहोस् महिलाले पुरूषमा चाहने ८ सेक्रेट




हर महिला चाहन्छन् की उनको पार्टनर सधैं स्वास्थ्य होस् । यसका लागि उनीहरु यस्तो पार्टनर छान्छन्, जो सधैं फिट र खुशी रहन्छ ।

यसका लागि पुरुषले आफ्नो हेल्थमा सदैव ध्यान दिन अत्यन्तै जरुरी हुन्छ । साइकोलोजिष्ट डा. अनामिका पापडीवाला दैनिक भाष्करसँग यस्ता ८ हेल्थ सेक्रेट बताइएकी छिन्, जो एक महिला आफ्नो पार्टनरमा चाहन्छिन् ।

१. स्टेमिना : महिलाहरु आफ्नो पार्टनरमा राम्रो स्टेमिना भएको चाहन्छन् । साथै, आफ्नो पार्टनर फूर्तिलो होस भन्ने उनीहरुको कामना हुन्छ । स्टेमिना कायम गर्नका लागि रातमा ६—७ चम्चा चनाको दाललाई एक गिलास काचो दूधमा भिजाएर राख्नुपर्छ । विहान त्यसमा ५—६ वटा किसमिस  र मिश्री मिलाएर खानुनुपर्छ । यसले स्टेमिना बढाउन सघाउँछ ।

२. फिटिङ बडी :महिलाहरु यस्तो पार्टनर चाहन्छन् जो एकदमै फिट होस् । खासगरी उसको पेट बाहिर ननिस्केको होस् । यस्तो फिट शरीर बनाउनका लागि दिनको सुरुवातमा मनतातो पानीमा कागतीसँग सुरु गर्नुहोस् । यसले तपाईको शरीरमा टक्सिन बाहिर निस्कन्छ र वजन घट्छ ।

३. नघुर्ने : महिलाहरुलाई यस्तो पार्टनर मनपर्छ, जो सुतेको समयमा नघुरोस । यस्तो समस्याबाट मुक्त हुन राति सुत्नुभन्दा पहिले मनतातो पानी पिउनुहोस् वा तातो पानीको बाफ लिनुहोस् । यसबाट घुर्ने समस्या समाधान हुन्छ ।

४. सरसफाइः महिलाहरुलाई आफूलाई सफा सुग्घर राख्ने र हरेक दिन नुहाउने केटाहरु मन पर्छन् । नीमको पातलाई उमालेर मनतातो पानीले नुहाउँदा पसिनाको गन्धबाट छुटकारा पाउन सकिन्छ ।


५. सेता दाँत : महिलालाई त्यस्ता पुरुष मनपर्छन् जसको मुस्कान मिठो होस् र दाँत सेता र चकमदार हुन्छन् । सुन्तलाको बोक्रा वा तुलसीको पातलाई सुकाएर पाउडर बनाउने र दैनिक ब्रस गरिसकेपछि त्यो पाउडरले दातलाई मसाज गर्दा दाँतको पहेलोपन कम हुन्छ ।


६. हेल्दी हेयरः महिला यस्ता पार्टनर मन पर्छ, जसको कपाल घना र स्वस्थ हुन्छ । कपालमा चाया नहोस् । यसका लागि प्याजको रस पूरै कपालमा  लगाउनुहोस् र एक घण्टापछि टाउको धुनुहोस् । यस्तो हप्तामा ३ वा ४ पटक गर्दा कपाल स्वस्थ रहन्छ ।


७. श्वास नगन्हाउने : यस्तो पुरुषको जसको श्वास नगन्हाओस र कुनै पनि प्रकारको नशा नगरोस् । यदि श्वासमा कुनै प्रकारको गन्ध आउँछ भने त्यसबाट मुक्त हुन दालचिनी चबाएर, चियामा मिलाएर वा पानीमा उमालेर मुखलाई फ्रेस गर्न सकिन्छ ।

८. सफा खुट्टा: महिलाहरु खुट्टा नगन्हाउने र खुट्टालाई सधैं सफा गर्ने पुरुषहरुलाई मन पराउँछन् । यदि खुट्टा गन्हाउने समस्याबाट छुटकारा पाउन कागतीको रसलाई पाच मिनेटसम्म खुट्टामा रगडने त्यसपछि हल्का तातो  पानीमा एक कागती निचोरेर यसमा २० मिनेटसम्म खुट्टा डुबाउने ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget