Websoft University

www.radiomakalu.com || 021-522512


चिकनगुनिया सङ्क्रमित महिला रौतहटमा बस्दै आएको पुष्टि



चितवन,असोज १६ गते । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चिकनगुनियाको सङ्क्रमण प्रमाणित गरेकी महिला रौतहटको चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएको थाहा भएको छ ।


पश्चिम चितवनको नारायणी नगरपालिका वडा नम्बर ३ बुद्धनगर स्थायी घर भएकी ति महिला विगत छ वर्षयता चन्द्रनिगाहपुरमा बस्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरहरि चापागाईं नेतृत्वको टोलीले उनकै निवास पुगेर महिलाको बारेमा विस्तृत अध्ययनसमेत गरेको छ ।

टोलीमा रहेका किट नियन्त्रक राम केसीका अनुसार ती महिला भदौ ३१ गते ज्वरो आएपछि चन्द्रनिगाहपुरबाट उपचारका लागि असोज १ गते भरतपुर आएकी थिइन् । २ गते मौलाकालिका अस्पतालमा भर्ना भई ३ गते सोही अस्पतालबाट काठमाडौँ लगिएको थियो । मौलाकालिका अस्पतालमा डेङ्गुको उपचारपछि उनलाई काठमाडौँस्थित शुक्रराज ट्रपिकल अस्पतालमा पठाइएको हो । असोज ४ गते ट्रपिकल अस्पतालमा भर्ना भई ६ गते डिस्चार्ज भएको र ७ गते चितवन फर्किएको केसीले बताए ।

उपचारपछि ती महिला आफ्नै घर बुद्धनगर फर्किएकी छन् । श्रीमान् चन्द्रनिगाहपुरमा जागिर खाने भएपछि उनीहरु बजारमै बसोबास गर्दै आएको पाइएको छ । महिलाले ज्वरो आउने र टाउको दुख्ने भएपछि उपचारका लागि भरतपुर आएको जनाएको केसीले बताए । अहिले महिलाको अवस्था सामान्य रहेको केसीले जानकारी दिए ।

उनी बसोबास गर्ने बुद्धनगरको घर वरिपरि सरसफाइ रहेको र पानी नजमेको पाइएको केसीले बताए । निमित्त प्रमुख चापागाईंले रोग रौतहटबाट आएको हुँदा विभागमार्फत रौतहटमा अध्ययनका लागि जानकारी गराइने बताए।

ती महिलाको चितवनमा डेङ्गु परीक्षण गर्दा नेगेटिभ देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । चापागाईंले ती महिलालाई डेङ्गु सार्ने लामखुट्टेले टोकेर अर्काे कुनै व्यक्तिलाई टोकेको भए रोग सर्ने सम्भावना रहने बताए। यद्यपी लामखुट्टेले यो रोग सार्ने गर्दछ ।

भारतमा सन् २००३ मा महामारीका रूपमा चिकनगुनियाको सङ्क्रमण देखिएको थियो । यो रोग लागेको वाकवाक आउने, उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने फिजिसियन डा. कालिदास अधिकारीले बताए । यस्तो लक्षण देखिएमा तत्कालै स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने सुझाव उनको छ । पछिल्लो समय डेंगुको हंका लागेका बिरामीलाई चिकनगुनियाको समेत परीक्षण गर्न सुझाईएको उनले बताए ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget