Websoft University

www.radiomakalu.com || 021-522512


दशैँकाे माैका छाेपी लुटपाट मचाउने एक भारतीय पक्राउ


लहान । रकम लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक भारतीय नागरिकलाई लहानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गालका १८ वर्षीय धर्मवीर ग्वाला रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । इप्रका लहानका अनुसार लहानस्थित एक बैंकबाट रु दुई लाख झिकेर मोटरसाइकल चढी घरतर्फ जाँदै गरेका एक व्यक्तिलाई ग्वालाले बिस्कुटको लेदो बनाई सर्टमा छर्केर लुटपाट गरेका थिए ।

दशैँकाे माैका छाेपी लुटपाट मचाउने एक भारतीय पक्राउ



पक्राउ गरिएका युवकमाथि कानुनी कारबाही अघि बढाइने इलाका प्रहरी कार्यालय, लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताउनुभयो । यस्तै लहान नगरपालिका–६ राधाकृष्ण चोकस्थित गङ्गाप्रसाद चौधरीको घरमा डेरा गरी बस्ने दुईजनाको घरबाट चोरी भएको ल्यापटप र मोबाइल फोनसहित चोरीमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका–९ का मोहमद सलमान रहेको प्रहरीले जनाएको छ । गत असोज २० गते राति चौधरीको घरमा डेरा गरी बस्ने सप्तरी कुशाहाका सुशीला चौधरी र पुष्पाञ्जलि चौधरीको कोठाबाट चोरी भएको आइसर कम्पनीको ल्यापटप एक थान, विभिन्न ब्रान्डका मोबाइल चार थान, सुनको जस्तो देखिने मङ्गलसुत्र एक थान, मेमोरी कार्ड चार थान र सिमकार्ड एक थानसहित सलमानलाई प्रहरीले पक्राउ गरेको हो ।

कोठाबाट ल्यापटपलगायतका सामान चोरी भएको भन्ने सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले खोजतलाशका क्रममा चोरीको सामानसहित उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget