Websoft University

www.radiomakalu.com || 021-522512


फोरम नेता सुवेदीको चेतावनी- 'संविधान संशोधनमा बेइमानी गरे प्रचण्ड र देउवा सिद्धिन्छन्'

main

काठमाडौं , असोज २१ गते । संघीय समाजवादी फोरम नेपालका नेता दुर्गामणि सुवेदीले संविधान संशोधनमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले बेइमानी गरे उनीहरु सिद्धिने चेतावनी दिएका छन्।

दुई महिनाअघि नै भइसकेको सहमति लागू गर्न ढिलाइ भएकोप्रति आक्रोश व्यक्त गर्दै फोरम नेपालका युवा नेता सुवेदीले सहमतिबाट पछि हटेर धोका दिन खोजे प्रचण्ड र देउवा पनि केपी ओली जस्तै पतन हुने चेतावनी दिए।

‘प्रधानमन्त्री प्रचण्डले दसैंअघि नै संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने प्रतिबद्धता जनाइसक्दा पनि त्यसो नहुँदा उहाँको नियतप्रति गम्भीर आशंका उत्पन्न भएको छ,’ संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, 'प्रचण्ड र देउवाको रवैया यस्तै रहने भने ओली सरकार जस्तै यो सरकारलाई पनि हामी आन्दोलनको बलले ढाल्न बाध्य हुन्छौं।’

सहमतिअनुसार दसैंअघि नै संशोधन प्रस्ताव संसदमा दर्ता नगरिनु प्रचण्डले संघीय गठबन्धनलाई धोका दिएको सुवेदीको आरोप छ। ‘अब पनि सरकारले संशोधन प्रस्ताव दर्ता गरेन भने हामी फेरि आन्दोलनमा होमिन बाध्य हुन्छौं,’ उनले भने, 'मागअनुसार संशोधन भएन भने त्यो लागू हुन सक्दैन।'

नेकपा एमालेलाई देखाएर प्रचण्ड र देउवा सहमतिबाट भाग्न खोजेको उनले आरोप लगाएका छन्। धोका र झूठको राजनीतिले कसैको पनि हित नहुने सुझाव दिँदै सुवेदीले भने प्रचण्ड र देउवाले आत्मघाती काम गर्न नहुने बताए।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget