भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीबीसीआई)ले टेष्ट क्रिकेट खेलाडीको तलब दोब्बर बनाएको छ ।
बीसीसीआईको बोर्ड बैठकले टेष्ट खेलाडीको पारिश्रमिक बढाउने निर्णय गरेको हो । जस अनुसार अब खेलाडीहरुले प्रति टेष्ट १५ लाख पाउनेछन् । यसअघि यो सात लाख भारु थियो ।
साथै बैकल्पिक खेलाडीले पनि सात लाख भारु पाउनेछन् । बीसीसीआईका अध्यक्ष अनुराग ठाकुरले भने, टेष्ट क्रिकेटलाई प्राथमिकता दिन हामीले म्याच शुल्क दोब्बर बनाएका छौं ।’
पछिल्लो समय टी-२० लिगमा धेरै रकम खचिर्ने प्रचलन बढ्दो छ । जसले गर्दा टेष्टमा नयाँ पुस्तालाई ल्याउनु र भएका खेलाडीहरुको इन्ट्रेष्ट कायमै राख्नु पर्ने चुनौती रहेको उनले बताए ।- बीबीसी
Post a Comment