गोविन्द आचार्य
अहिले विश्वमा सूचनाको महत्व निकै बढी छ । रक्तसञ्चारविनाको जीवन असम्भव भएजस्तै सूचना सञ्चारविनाको विश्व कल्पना गर्न सकिँदैन । सूचना भनेको मूलतः वर्गसङ्घर्ष र प्रकृतिसँगका सङ्घर्षका घटना र प्रक्रियाका जानकारी हुन् । जबदेखि मान्छेले प्रकृतिसँग सङ्घर्ष सुरु ग¥यो, यसैक्रममा समाजको सिर्जना हुन पुग्यो । समाजको उत्पत्ति र विकाससँगै वर्ग सङ्घर्षको सुरुवात भयो । यो विभिन्न शृङ्खला पार गर्दै अहिलेको अवस्थासम्म आइपुगेको हो । वर्ग सङ्घर्ष र प्रकृतिसँगको सङ्घर्ष सूचना र सञ्चारको प्रमुख स्रोत र आधारका रुपमा रहँदै आएका छन् । सूचना जहिल्यै समय सापेक्ष हुन्छ । समाज विकासको गतिसँगै वर्गसङ्घर्षका स्वरुप बदलिँदै जान्छन् । यही क्रममा वर्ग सङ्घर्षका घटना र प्रक्रियाका रुपमा पनि महत्वपूर्ण फेरबदल आउँछ । यसले सूचनाको प्रकृतिमा पनि परिवर्तन ल्याउँछ ।
सञ्चार भनेको सूचनालाई सम्प्रेषण गर्ने विधि र प्रक्रिया हो । मानव समाजको उत्पत्तिसँगै सुरुमा मान्छेको हावभाव र सङ्केतका रुपमा सूचना सम्प्रेषण गर्न थालियो । यसपछि भाषाको विकाससँगै प्रिन्टिङ प्रविधिले सञ्चारमा सहजता ल्यायो । त्यसपछि वर्गसङ्घर्षकै क्रममा टेलिफोन र रेडियोको आविष्कार भयो । जसले सञ्चारलाई थप सहजता बनायो । सञ्चारका प्रविधि र सङ्जालको विकाससँगै यसको प्रभावले सिङ्गो विश्वलाई प्रभावित पारिरहेको छ । आज अनलाइन मिडियाको अपूर्व विकासले त सिङ्गो विश्वका सूचना एउटै चिप्स, मोबाइल वा कम्युटरमा एक क्लिक गरेका भरमा थाहा पाउने वा प्रवाह गर्न सक्ने अवस्था सिर्जना हुन पुगेको छ ।
सूचना र सञ्चारमा अद्भूत विकास भए पनि यसको मुख्य वर्चस्व र प्रभाव साम्राज्यवादकै हातमा छ । दोस्रो विश्वयुद्धपछि कम्युनिस्टबाट पराजित साम्राज्यवादी शक्तिले सञ्चार साधनहरुमाथि कब्जा जमायो र कम्युनिस्टविरुद्ध आक्रमण बढाउँदै आएको छ । खासगरी सूचनाको विस्तार र हस्तक्षेपले आणविक शक्ति सम्पन्न शोभियत सङ्घ विघटन भयो । बर्लिनको पर्खाल भत्काइयो र इराकमा अमेरिकाले थोपरेको युद्धको एकतर्फी प्रचार गरियो । अहिले पनि आफूलाई ‘स्वतन्त्र’ बताउने समाचार संस्था, मिडियाहरुले कम्युनिस्ट विचारकाविरुद्ध निरन्तर अभियान चलाइरहेका छन् । उनीहरुले विचारधारात्मक रुपमा कम्युनिस्टविरुद्ध विषवमन, आर्थिकरुपमा उदारीकरण निजीकरण, फौजीरुपमा साम्राज्यवादी युद्धको पक्षपोषण तथा सांस्कृतिक रुपमा दासता र छाँडा संस्कृतिलाई बढावा दिने काम गरिरहेका छन् । उनीहरुले विश्वका साम्राज्यवादी शक्ति र उनीहरुको सत्ता जोगाउन मिडियालाई राम्रैसँग प्रयोग गरिरहेका छन् । तर विश्वका जनपक्षीय शक्ति र व्यक्तिहरुले विकास गरेको वैकल्पिक सञ्चारको विकासले उनीहरुको भ्रमपूर्ण प्रचारबाजीलाई चिर्दै अन्तर्राष्ट्रिय स्तरमै जनसञ्चार निर्माणको राम्रो आधार तयार भएको छ ।
साम्राज्यवादी पुँजीवादले मिडियालाई आफ्नो भरपर्दो प्रचार साधन बनाउने कसरत गरिरहेको अहिलेको अवस्थामा मिडियाको विश्वसनीयताप्रति लगातार प्रश्न उठ्दै आइरहेको छ । व्यापारी र व्यवसायीहरुका हातमा ठूलठूला मिडिया जाने क्रम जारी नै छ । ठूला मिडियाले समाचार सामग्री चयनदेखि त्यसको शीर्षक चयन र प्रस्तुतिसम्म जनपक्षधरता गुमाउँदै गएको कुरा सर्वत्र उठिरहेको छ । पुँजीको हातमा ठूला मिडिया पुग्दा त्यहाँ जनताका आवाज आउन छाडेको र मुनाफाका लागि मिडियाको प्रयोग हुन थालेको कुरा खुल्लारुपमा स्थापित भइसकेको छ ।
मिडिया र अन्य व्यवसायमा ठूलो अन्तर छ । मिडियाले विचारको उत्पादन गर्छ भने अन्य उद्योग वा व्यवसायले कुनै माल वा वस्तु उत्पादन गर्छन् । मिडियाले विचारको उत्पादन गर्ने भएकैले यसलाई समाज र जनताप्रति उत्तरदायी मानिएको हो । कतिपय देशमा एकै व्यक्ति वा संस्थाको नाममा मिडियाको १५ प्रतिशतभन्दा बढी स्वामित्व नदिने नीति र कानुनी व्यवस्थासमेत गरिएको छ । तर आज विश्वका सबैजसो ठूला मिडियाहरु व्यवसायी र व्यापारीहरुको हातमा पुगिसकेका छन् । मिडियाको कर्पोरेटीकरणकै कारण यसको व्यापक दुरुपयोग भएको छ र यसलाई पूरै व्यापारिक बनाइएको छ । पुँजीपतिहरुले मुनाफा बटुल्ने साधनका रुपमा प्रयोग गर्न थालेका छन् ।
सर्वहारा वर्गका प्रमुख नेता कार्ल माक्र्सले पत्रपत्रिकाको सन्दर्भमा टिप्पणी गर्दै एकपटक भनेका थिए– ‘भौतिक उत्पादनका साधनमाथि जुन वर्गको नियन्त्रण हुन्छ, त्यसबेला बौद्धिक उत्पादनका साधन माथि पनि सोही वर्गको आधिपत्य रहन्छ ।’ हो, आज पुँजीको बलमा बौद्धिक उत्पादनको साधन मिडिया माथि वुर्जुवा वर्गले कब्जा जमाएको छ र उसले सर्वहारा वर्ग, त्यो वर्गको विचार र आन्दोलनका विरुद्ध भ्रमपूर्ण प्रचारवाजी गरिरहेको छ । सन् १९९० यता मिडियामा कर्पोरेटीकरणको विश्वव्यापी प्रभाव अझै बढ्यो र यसवाट सबैभन्दा बढी विधुतीय माध्यम प्रभावित बने ।
आज नेपालका ठूला मिडिया पनि व्यापारीकै हातमा छन् र ती जनउत्तरदायी हुन सकेका छैनन । यस्ता मिडियाको जनहितका मुद्दामा कमै ध्यान जाने गरेको छ । त्यति मात्र होइन, आफूलाई सबैभन्दा ठूला र राष्ट्रिय मिडिया भन्ने ठूला मिडियामा नेपालको तस्बिर देखिँदैन । त्यहाँ तल्लो वर्ग छैन, गाउँ छैन, समावेशिता छैन । छ त केवल पुँजीपति वर्ग मात्र । जहाँ मिडिया सञ्चालकहरुको स्वार्थ छ । मुनाफा छ र वर्ग पक्षधरता छ, त्यही सामग्री प्रवाह भइरहेको पाइन्छ । नेपाली मिडियाका सामग्री हेर्दा यस्तो लाग्छ, नेपाली जनताले केही हदसम्म राजनीतिक स्वतन्त्रता त प्राप्त गरे तर सामाजिक, सांस्कृतिक र आर्थिक परिवर्तनका लागि अझै धेरै गर्न बाँकी छ ।
आज ठूलठूला मिडिया पुँजीपतिको हातमा भए पनि जनताले आफ्नो हितमा साना मिडियाको प्रयोग गरिरहेका छन् । कर्पोरेट मिडियाबाट सम्पादकीय स्वतन्त्रता कमजोर भएसँगै नागरिक पत्रकारिताको पनि विकास भएको छ । जहाँ समाचारको सङ्कलन, लेखन, सम्पादन र सम्प्रेषणमा समेत आम नागरिकको सक्रिय सहभागिता हुन्छ । त्यसैगरी प्रत्येक व्यक्तिले जुनसुकै बेला सूचना वा समाचार सम्प्रेषण गर्नसक्ने सामाजिक सञ्जाल अगाडि आएका छन् । त्यस्तै ब्लग र अनलाइन मिडिया पनि तीव्र गतिमा वैकल्पिक मिडियाका रुपमा स्थापित भएका छन् । यसरी मिडियाका रुपहरुमा तीव्र परिवर्तन आइरहेको छ ।
मिडिया सस्तो प्रचारबाजी गर्ने हतियार होइन, यो बौद्धिक बहस गर्ने क्षेत्र हो भन्ने कुरा सर्वहारा वर्ग र उसको प्रतिनिधिले बुझ्न थालेका छन् । यो विचार निर्माण गर्ने सशक्त माध्यम भएकैले माक्र्सदेखि माओसम्मले मिडियाको सफल प्रयोग गर्न सकेका हुन् । यसलाई माझ्नु र यो पेसालाई उचो बनाउनुपर्ने हाम्रो प्रमुख दायित्व छ । मिडियाका विविध रुपहरुलाई प्रयोग गर्ने र त्यसको भरपुर उपयोग गरेर जनताको आन्दोलनलाई सहयोग पुर्याउनु जनपक्षीय मिडिया र मिडियाकर्मीको अर्को दायित्व हो ।
देश र जनताको हितलाई ध्यानमा राखेर गरिने पत्रकारिता जनपक्षीय पत्रकारिता हो । आवाजविहीनहरुको आवाज बन्नु जनपक्षीय पत्रकारिताको प्रमुख विशेषता हो । मिडियालाई अर्थोपार्जनको माध्यम बनाउने तथा राज्यशक्तिको चरम दुरुपयोग गरेर सत्ताको रक्षाकवच बनाउने प्रवृत्ति विरुद्ध जनपक्षीय पत्रकारिता खडा भएको छ । कर्पोरेट बिग मिडिया हाउसहरुले गरिरहेको सम्पादकीय स्वतन्त्रताको हत्यालाई पूर्णतः नकार्दै जनताको पक्षमा र पुँजीवादी राज्यसत्ताका विरुद्धमा सशक्त विचार प्रवाह गर्न सक्ने सम्पादकीय स्वतन्त्रता, विचार स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जनपक्षीय पत्रकारिताका आधार बनेका छन् ।
समाजमा चल्ने कुनै पनि अग्रगामी परिवर्तनकारी आन्दोलनलाई साथ र सहयोग गर्दै जनताका अधिकारहरुको पूर्ण ग्यारेन्टी गर्ने व्यवस्था निर्माण गर्ने राजनीतिक भूमिकासमेत जनपक्षीय पत्रकारिताले खेल्नु पर्दछ । क्रान्तिकारी पत्रकारिताले अग्रज वामपन्थी पत्रकार तथा कम्युनिस्ट आन्दोलनका महान नेता लेनिनले भनेझै प्रचारकर्ता, आन्दोलनकर्ता र सङ्गठनकर्ताको भूमिका खेल्नुपर्दछ । अर्थोपार्जन र सत्ता स्वार्थको महाजञ्जालबाट पत्रकारितालाई मुक्त गर्नु क्रान्तिकारी पत्रकार र सङ्गठनको दायित्व हो ।

Post a Comment