Websoft University

www.radiomakalu.com || 021-522512


मनसुन सकिन लाग्दा पनि भरिएन हिउँदको ब्याकअप कुलेखानी,हिउँदमा लोडसेडिङ बढ्छ?

काठमाडौं , असोज २२ गते ।सञ्चित शक्तिको रुपमा रहेको मुलुकको एकमात्र जलाशय कुलेखानी यसपटक पनि पूर्णरुपमा नभरिँदा आगामी हिउँदमा पूर्ण रुपमा विद्युत् उत्पादनमा समस्या हुने भएको छ।

मनसुन सकिन लाग्दा देशको एकमात्र जलाशय कुलेखानी भरिन अझै १० मिटरको हाराहारीमा बाँकी छ। मुलुकको एकमात्र जलाशययुक्त आयोजना कुलेखानी पहिलो र दोस्रोबाट कुल ९२ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ।

ऊर्जाको ‘ब्याक अप’को रूपमा रहेको कुलेखानीको जलाशय एक हजार ५२० मिटर मात्र भरिएको छ। नेपाल विद्युत् प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठका अनुसार करिब १० मिटरको हाराहारीमा पानी भरिन बाँकी छ। 'ठूलो वर्षा भएन भने यस वर्ष जलाशय भरिने सम्भावना कम छ,' उनले भने।

यस वर्ष एक हजार ५२५ मिटर मात्र भरिने र त्यसले आगामी हिउँदमा साँझको समयमा विद्युत् उत्पादन गर्न सहयोगी हुने उनले बताए। गत हिउँदमा कुलेखानीको जलाशय घटेर एक हजार ५०३ मिटरमा झरेको थियो। अघिल्ला वर्षको तुलनामा यस वर्ष बढी विद्युत् माग भएका कारण पनि जलाशय पूर्ण रुपमा सञ्चालन गर्दा पानीको तह केही कम हुन पुगेको थियो।

कुलेखानीको जडित क्षमता ९२ मेगावाट छ। त्यसमा पहिलो आयोजनाबाट ६० मेगावाट र दोस्रो आयोजनाबाट ३२ मेगावाट विद्युत् उत्पादन गरिन्छ। कुलेखानी तेस्रो आयोजना निर्माणको चरणमा रहेको छ। सो आयोजना आगामी पुसको अन्तिमसम्ममा निर्माण सम्पन्न गर्न सकिए थप १४ मेगावाट विद्युत् उत्पादन हुनेछ।

इलेक्ट्रोमेकानिकल ठेकेदारले समयमा काम नगरेको कारण आयोजनामा समस्या भएको भन्दै पछिल्लो पटक ऊर्जा मन्त्रालयले तोकिएको अवधिमा काम सम्पन्न नभए कारबाही गर्ने चेतावनी दिएपछि परियोजना सुरु भएको छ। - रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget