Websoft University

www.radiomakalu.com || 021-522512


क्रिएटिभ नाईटशोमा मोडल देखी रेखा थापा क्याटवाकमा हिड्दा....

तस्वीर - प्रेम देवान  



                       
  प्रेम देवान ,
     विराटनगरको नमस्कार होटलमा शुक्रबार सांझ पुर्वेली मोडल देखी हट केक नायिका रेखा थापा सम्म क्याटवाकमा उत्रिए ।
    सधै नै व्यास्त रहने होटल नमस्कार त्यो दिन पनि व्यास्त नै रह्यो । क्रिएटिभ हेन्डसले स्थानिय स्तरमा उत्पादन भएका कपडाहरुलाई प्रमोटेड  गर्ने उद्देस्यका साथ क्रिएटिभ नाईट्स फेशन शो २०१६ आयोजना गरिएको थियो ।

   दिनभरीको  उखारमाउलो गर्मी र थकानलाई मेट्न होटल भित्र प्रवेश गर्नेको सख्या दुई सय भन्दा माथी थियो ।  अधिकास युवायुवतीको छोटा – छोटा पहिरनमा आएका थिए । हातमा १५ सयको टिकट  गार्डलाई देखाउदै भित्र प्रवेश गर्दै थिए  त्यहा अर्कै रङ्गिन संसार छाईरहेको थियो ।।    संम्भवत विराटनगरमा पहिलो पटक होला एउटा फरक शैली र आकर्शित रुपमा मोडल जतिन ताम्राकारको डिजाईनमा सजाईएको कार्यक्रम स्थलमा एउटा नयां शैलीमा थियो । सांझ ६ बजे भनिएको समयमा एक घन्टा ढिलो सुरु भएको कार्यक्रममा ७ बजे पछि विराटनगरका मोडलहरु सुरुमा पाटी वयरबाट  उत्रन थाले । कार्यक्रम ताली र हुटिङ्ग अनि डिजे लाईट साथमा डिजे साउण्डमा मोडलहरु क्याटवकमा हिड्न थाले ।                        
विराटनगरमा रहेका ११ जना मोडल तथा हटकेक उपनाम कमाएकी रेखा थापा पनि क्याटवकमा उत्रिए । मोडल तथा नायक जतिन ताम्राकारको कोरीयोग्राफर रहेको फेशन शोमा  मोडलहरुले नेपाली ढाका, ब्रिडल,गाउन, र क्याजुअल सिक्वन्समा रयाममा  उत्रिएका थिए ।


  कार्यक्रममा फेशन डिजाईनर शिल्पा कार्कीको विशेष आफ्नै डिजाईनमा क्रिएट गरेको पहिरनमा नायिका रेखा थापा पनि कार्यक्रममा थिइन   । साथै नाईट शोलाई संगितमय बनाउन      यहांको स्थानिय लोकल म्यूजिकल व्याण्ड स्मृती , धरानका नवराज बस्नेत,  विकेश, के  शंकर , मञ्जील श्रेष्ठ र टच डान्स सेन्टरले पनि प्रस्तुति दिएका थिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget