Websoft University

www.radiomakalu.com || 021-522512


कृषि र सिद्धार्थ बैंकको हकप्रद सेयर आयो,कृषिका सेयरधनीलाई ५० र सिद्धार्थकालाई २५ प्रतिशत

काठमाडौँ , असोज २१ गते । कृषि विकास र सिद्धार्थ बैंकले हकप्रद सेयर निस्कासन गर्ने भएका छन्। कृषि विकासले दशैं लगत्तै एवं सिद्धार्थले तिहार छेक हकप्रद बिक्री सुरु गर्न लागेका हुन्।



हकप्रद मार्फत कृषिले ५० प्रतिशत र सिद्धार्थले २५ प्रतिशत पुँजी बढाउन लागेको छ।जस अनुसार एक कित्ता सेयर आवेदनका लागि कृषि विकास बैंकको दुई कित्ता आफुसँग हुनु पर्नेछ। यस्तै सिद्धार्थमा चार कित्ता हुनेले एक कित्ता सेयर आवेदन गर्न पाउनेछन्। कृषि विकास बैंकले एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निस्कासन गरेको हो। यो सेयर बाँडफाँड पश्चात बैंकमा सर्वसाधारणको तर्फबाट चुक्ता पुँजी पाँच अर्ब ९० करोड ६४ लाख रुपैयाँ पुग्नेछ।


त्यबस बाहेक बैंकमा सरकारको पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ बराबरको अग्राधिकार सेयर समेत रहेको छ। यसरी हकप्रद पश्चात बैंकको कुल चुक्ता पुँजी ११ अर्ब ३३ करोड ९१ लाख १२ हजार रुपैयाँ पुग्नेछ।बैंकको अधिकृत पुँजी १८ अर्ब रुपैयाँ रहेको छ। त्यस मध्ये आधा साधारण सेयर र त्यहि मात्रामा अग्राधिकार सेयर रहनेछ।

हकप्रद सेयर कात्तिक तीन गते निस्कासन गरि मंसिर सात गते बिक्री बन्द हुनेछ। कृषि विकास बैंकका सबै शाखा एवं निस्कासन तथा बिक्री प्रबन्धक एस क्यापिटल, एस डेभलपमेन्ट बैंकका शाखा र सिआइबिएल क्यापिटल मार्फत हकप्रद सेयर आवेदन गर्न सकिनेछ।सिद्धार्थ बैंकले भने ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर निस्कासन गरेको हो।

हकप्रद बाँडफाँड पश्चात बैंकको चुक्ता पुँजी तीन अर्ब ७७ करोड ७५ लाख रुपैयाँ पुग्नेछ। यो सेयर कात्तिक ११ बिक्री खुला गरि मंसिर १५ गते बन्द गर्ने निस्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ। सिद्धार्थ बैंकका सबै शाखा, लक्ष्मी क्यापिटल र सिद्धार्थ क्यापिटल मार्फत यो सेयरमा आवेदन गर्न पाइनेछ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget