Websoft University

www.radiomakalu.com || 021-522512


ताप्लेजुङको साँगादिन बजारमा आगलागि : तिन घर जलेर नष्ट


तेर्हथुम, असोज २४ गते .। ताप्लेजुङको खेवाङ गाविस स्थित साँगादिन बजारमा भएको आगलागिले तिन घर जलेर नष्ट भएका छन् । गएराती करिब एक बजे अचानक भएको आगलागिले खेवाङ ४ का श्री प्रसाद भटराई भटराई, ठाकुर प्रसाद दहाल र कृष्ण प्रसाद दहालको घर पुर्णरुपमा जलेर नष्ट भएका हुन् । घर संगै रहेको पसल, घर भित्र रहेका अन्य सम्पुर्ण सामान जलेर नष्ट हुँदा लाखौँ मुल्य बरावरको क्षति भएको छ ।


traplejung

स्थानियले बताए अनुसार कृष्ण प्रसाद दहालको किचन कोठा नजिकैको दाउराको हार बाट अचानक राती करिव एक बजे आगलागि सुरु भएको थियो । तर प्रहरीले भने आगलागिको कारण एकिन नभएको बताएको छ । आगलागि भएको जानकारी पाउना साथ स्थानियबासी, प्रहरी लगाएतले आगो नियन्त्रणको प्रयास गरे पनि रातको समय भएकाले समयमानै आगलागि नियन्त्रण हुन नसकेको खेवाङ प्रहरी
चौकीले बताएको छ ।

अन्य नजिकै जोडिएर रहेका घरहरु भने आगलागिबाट जोगाउन सफल भएको बताईएको छ । आगलागि अहिले विहान मात्रै नियन्त्रणमा
आएको बताईएको छ । आगलागिका कारण लाखौँ मुल्य बरावरको क्षति भए पनि क्षतिको विवरण संकलन भईरहेकाले क्षतिको एकिन विवरण प्राप्त भएको छैन् । आगलागिले मानविय क्षति भएको छैन ।


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget