Websoft University

www.radiomakalu.com || 021-522512


बराहक्षेत्रमा पहिरो जाँदा तीन दिनदेखि सडक अवरुद्ध



काठमाडौँ, असोज २७ गते । सुनसरी र उदयपुर जोड्ने सप्तकोशीको नयाँ पुलनजिकै मंगलबार राति झरेको पहिरोले सडक अवरुद्ध हुँदा तीन दिनदेखि सडक अवरुद्ध भएको छ । पहिरोले सडक अवरुद्ध हुँदा हजारौं यात्रु प्रभावित भएका छन् । लगातार वर्षाको कारण पहिरो झरेको बताइएको छ । 



पहिरोले चतरा–बराहाक्षेत्र सडकखण्ड अवरुद्ध भएपछि धरानबाट भोजपुर, धनकुटा, उदयपुर जाने र बराहाक्षेत्र मन्दिर जाने यात्रुलाई समस्या भएको स्थानीय राजु घिमिरेले बताए । ‘सुनसरी र उदयपुर जोड्ने सप्तकोशी पुल नयाँ भएपनि पहिरोलाई स्थायी रुपमा नियन्त्रण नगरिएकाले सडक जोखिम पूर्ण भएको छ,’ उनले भने । उनका अनुसार चतरादेखि बराहक्षेत्रसम्म जाने र नयाँ पुलदेखि उदयपुर तिर जाने सवारी साधनहरु तीनदिनदेखि चलेका छैनन् । सवारीसाधन नचले पनि पैदल यात्रुकालागि भने स्थानीनय समुदायले बिहिबार वेल्चा, गैती, कोदालो प्रयोग गरेर पहिरो पार गर्न सक्ने सानो गोरेटो खोलेको घिमिरेले बताए ।

पहिरो कृष्णभिर र १७ नम्बर भीरमा झरेको हो । तर यात्रुसमेत आउन जान नसक्ने गरी कृष्णभीरमा मात्र पहिरो झरेर २० मिटर जति सडक पुरिएको उनले बतााए । उक्त सडक खण्डमा ल्याण्डरोभर चलाउँदै आएका चालक कुमार भट्टराईले पहिरोले गाडी चलाउनै नसक्ने अवस्था आएको बताए । स्थानीय रमेश विष्टले भने, ‘पहिरो पन्छाउनकालागि सडक विभागले स्काभेटर नै प्रयोग गर्नुपर्छ ।
सामान्य बेल्चा, गैती, कोदालोले माटो पन्छाएर सकिन्न ।’

पहिरोले बाटो अवरुद्ध गरे पछि दशैंका बेला टिका थाप्न आउने र जाने यात्रुलाई समस्या परेको छ । उनका अनुसार लगातार पानी परेको कारण चतरा–बराहाक्षेत्र सडकको आधा दर्जन स्थानमा पहिरो झरेको छ । कोशीमा वैकल्पिक राजमार्गको नाममा नयाँ पुल बनेपनि सडकका अवस्था नाजुक रहेको उनले बताए ।

सरकारी निकायले समेत वेवास्ताका गरेकाले सर्वसाधारणले सास्ती खेप्न परेको उनको दाबी थियो । वैकल्पीक राजमार्ग मानिएको सडकको दुर्दशाका विषयमा राजनीतिक दल र सरोकारवाला निकायले ध्यान नदिंदा हजारौंले सास्ती खेप्न परेको राजु घिमिरेले बताए । उनका अनुसार चतरादेखि बराहक्षेत्र मन्दिरसम्म जाने गरेका १५ ट्याक्सी पहिरोकाकारण चलेका छैनन् । उनले भने, ‘करोडौं रुपैयाँको पुल बनाएपछि सडक बनाउन भने किन कन्जुस्याईं गरेका हुन् बुभ्न सकिएन ।’


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget