Websoft University

www.radiomakalu.com || 021-522512


याे वर्ष हिले दसैं'


काठमाडौँ, असोज २३ गते ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले अझै केही दिन मनसुन कायमै रहने जनाएका छन् । मनसुनी गतिविधि बाँकी नै भएकाले मध्ये र पूर्वी भागमा बदली भएर बेलुकीपख पानी पर्ने महाशाखाका मौसमविद् बरुणराज पौडेलले बताए । 

Image result for monsoon rain

सूदूरपश्चिमी भागमा भने मनसुनी गतिविधि केही कमजोर बनेको उनले उल्लेख गरे । सामान्यतया असोजको पहिलो साता (२३ सेप्टेम्बरमा) मनसुन सकिनुपर्नेमा केही वर्षदेखि सातादेखि दुई सातासम्म लम्बिने गरेको छ ।

‘मौसमी गतिविधिले अँझै मुलुकका केही भागमा मनसुन सक्रिय देखिएको छ,’ मौसमविद् पौडेलले शनिवार कान्तिपुरलाई भने, ‘मनसुन सकिन जुन किसिमको वातावरण आवश्यक पर्ने हो त्यो देखिन्न ।’ भारतको राजस्थानमा पनि ढिलो गरी मनसुन सकिएको र त्यसैको असर यहाँ देखिएको महाशाखाले जनाएको छ ।

पौडेलका अनुसार मनसुन सकिन मुलुकभरका वर्षामापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शुन्य रेकर्ड हुनु अनिवार्य छ । तर, अहिले मुलुकका धेरै भागमा वर्षा रेकर्ड भईरहेको छ । शुक्रवारराती र शनिवार विहान पनि काठमाडौंसहित विराटनगर, धनकुटा, ताप्लेजुङ, भैरहवा, पोखरा र वीरेन्द्रनगरलगायतका स्थानमा वर्षा भएको छ ।

मनसुन सकिनका लागि पश्चिम वायुले पूर्वी वायुलाई विस्थापित गर्नुपर्ने हुन्छ । तर, अहिले त्यो अवस्था छैन । ‘बल्ल पश्चिमी वायु पाकिस्तान, जम्मु कश्मिरबाट प्रवेश गर्नेक्रममा छ,’ पौडेलले भने, ‘त्यो वायुले पूर्वी वायुलाई धकेल्नुपर्ने हुन्छ ।’ पश्चिमी वायु कमजोर रुपमा प्रवेश भएकाले अझै केही दिन पूर्वी र मध्येका पहाडी भागमा साँझपख बदली भएर पानी पर्ने उनले बताए ।

विहान र दिउँसोपख घाम लाग्ने गरे पनि मनसुनी गतिविधिकै कारण बेलुकी र राती वर्षा हुने महाशाखाको प्रक्षेपण छ । पश्चिमतिर भने मनसुनी गतिविधि कमजोर बन्दै गएकाले वर्षा पनि कमजोर बनेको छ । गत वर्ष असोज १६ मा मनसुन सकिएको महाशाखाले घोषणा गरेको थियो ।

२०७१ मा असोज २१, २०७० मा कात्तिक २, २०६९ मा असोज १२, २०६८ मा असोज २०, २०६७ मा असोज १५, २०६६ मा असोज २९, २०६५ मा कात्तिक १ र २०६४ मा असोज २२ मा मनसुन विदा भएको थियो ।



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget