Websoft University

www.radiomakalu.com || 021-522512


'९९ प्रतिशत महिलाले अंश दाबी गर्दैनन्'

रोल्पा , कार्तिक ८ गते । सम्बन्धविच्छेद गर्ने महिलामध्ये प्रायः सबैजसोले अंश दाबीबिना नै सम्बन्धविच्छेदको उजुरी दिने गरेको देखिएको छ ।

Image result for women in rolpa

जिल्ला कानुनी सहायता समितिले गत वर्ष सहयोग गरेका मुद्दामध्ये करिब ९९ प्रतिशत मुद्दामा महिलाले सम्पत्तिको दाबीबिना नै सम्बन्धविच्छेदको उजुरी गरेको समिति रोल्पाका अध्यक्ष जिल्ला न्यायाधिवक्ता सुवर्णमान बनेपालीले जानकारी दिए ।

अंशसहित सम्बन्धविच्छेद गर्दा प्रक्रिया निकै झन्झटिलो हुनाका साथै लामो पनि हुने भएकाले छोटोछरितो बाटो रोज्नका लागि अंश दाबी नगरेको हुन सक्ने बताइएको छ । सम्बन्धविच्छेद गर्नेमध्ये अधिकांशका श्रीमान् वैदेशिक रोजगारीमा रहने गरेको र श्रीमती अर्कैसँग मायाप्रेममा फस्ने गरेको पाइएको छ ।

टाढा रहेका श्रीमानसँगको माया पनि टाढिँदै जाने र नयाँ प्रेमीसँग नजिकिँदै जाँदा सम्बन्धविच्छेदको घटना बढ्दै गएको बताइन्छ । सम्बन्धविच्छेद गरेकामध्ये शतप्रतिशतले दोस्रो विवाह गर्ने गरेको पाइएको छ । दोस्रो विवाहका लागि परिपक्व कानुनी बाटो तय गर्नका लागि पनि सम्बन्धविच्छेद गर्नेले सम्पत्तिको दाबी नगरेको हुन सक्ने बनेपालीको भनाइ छ । (रासस)

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget